
काठमाडौँ । विवाहको जानकारी नै नदिएका गायक तथा मोडल दुर्गेश थापाले छोरा जन्मिएपछि तस्बिर सार्वजनिक गरे । आफ्नो छोराप्रतिको प्रेम रोक्ने नसकेकाले फोटो हालेको उनले भावुक हुँदै बताएका थिए । सन्तानप्रतिको प्रेम उनले भावनामा मात्र सिमित बनाएनन् । त्यहि भावनालाई उनेर म्यूजिक भिडियो नै बनाए ‘पहिलो माया दक्क्षित’ ।
प्राची लामासँग विवाह गरेका उनले छोरा दक्क्षितका लागि गीत नै बनाएका हुन् । गीतमार्फत नै उनले छोराप्रति अगाध प्रेम पोखेका छन् भने भिडियोमा समेत उनीसँगै उनकी श्रीमती र छोरा फिचर्ड छन् ।
उनको निजी भावना समेटिएको उक्त गीत यतिबेला युट्युवमा ट्रेण्डिङको सिंढी उक्लीरहेको छ । यो समाचार तयार पारिरहँदा गीत टे«ण्डिङको १७ नं. स्थानमा पर्न सफल भएको छ । गीतलाई दर्शक श्रोताले मन पराईदिएका छन् । सकारात्मक कमेन्ट मिलेको छ ।