सबिता र सरोजको ‘एक चिम्टी सिन्दूर’ मा अन्जुको आवाज

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार
Sabita Pokharel Sagar Lamsal Anjali Adhikari

काठमाडौं । पछिल्लो समय आधुनिक गीतहरु बजारमा आउने क्रममा डान्सिङ बिटका धेरै आउने गरेका छन् । तर यतिबेला भने सेन्टिमेन्टल गीत ‘एक चिम्टी सिन्दूर’ म्यूजिक खबर यूट्यूब च्यानलमार्फत् सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘एक चिम्टी सिन्दूर’ मा गीतकार सबिता पोखरेलको शब्द एवं सरोज कोइरालाको संगीत रहेको छ । ‘एक चिम्टी सिन्दूर’को संगीत संयोजन विष्णु अधिकारीको रहेको छ भने मिक्सिङ विप्लव अधिकारीले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दूर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु जोडिएका छन् । यस म्यूजिक भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन नविन उप्रेतीले गरेका छन् । भिडियोमा मेकअप आर्टिष्टको रुपमा सविना उप्रेती रहेकी छन् भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने लोकप्रिय निर्देशक प्रकाश भट्टले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु