• निम्न पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार’ प्रदान गरिने

    म्यूजिक खवर
    प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

    काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ । यसपटक चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान नरेश भट्टराई र श्याम स्मृतलाई प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले भट्टराई र स्मृतलाई सम्मान गर्न लागेको हो ।

    चलचित्र पत्रकार संघ नेपालका सदस्य भट्टराई इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत छन्  भने, स्मृत संघका सदस्य र भिजनसंसार डटकमका सम्पादक हुन् ।

    त्यस्तै  संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

    संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै चलचित्र पत्रकारितामा फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

    आगामी जेठ ७ मा हुन् गैरहेको संघको २० औँ स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

     

    ‘चलचित्र पत्रकारिता सम्मान–२०७४’ बाट यी पत्रकार सम्मानित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु