सिफल चौरमा निशुल्क खाना वितरण गर्दै युवा समूह

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

काठमाडौँ – कोरोनाका कारण समस्यामा परेका नागरिकलाई तथा कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई पिडित जनताहरुलाई युवा समाजसेवी तथा ब्यबसायी द्वय सुरेश मल्ल र प्रतिक श्रेष्ठको नेतृत्वमा बिगत एक महिना देखि निरन्तर निशुल्क खाना वितरण गर्ने कार्य भई रहेको छ।

लामो समयको लकडाउनको कारण विशेष गरि गरिव असाहाय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन् । सोहि समस्यालाई मध्यनजर गर्दै काठमाडौँको गौशाला सिफल चौरमा निशुल्क खानाको व्यवस्था गरिएको छ ।खानै नपाएर मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनको लागि कोरोनाले गर्दा रोजगारी गुमाउनु पर्ने अबस्थाको कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका मानिसहरुलाई भोकोपेट वस्न नपरोस् भनेर निशुल्क खाना वितरण कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै समाजसेवी प्रतिक श्रेष्ठले उक्त कार्यक्रममा जो कोहिले पनि आएर निशुल्क खाना खान पाउने बताए ।

नेपालीहरुको महान चांड दशैं आइरहदा समेत मानिसहरु भोक भोकै बस्नु परेको अबस्थालाइ मध्यनजर गर्दै निशुल्क खाना वितरण कार्यलाई दशैं तिहार सम्म निरन्तरता दिने अर्का समाजसेवी सुरेश मल्ल बताउछन। एक महिना देखि खाना वितरण गर्दा करिब ६/७ लाख सम्म खर्च भईसकेको र यस कार्यमा धेरै सहयोगीहरुले हातेमालो गर्दै सहयोग गरेको कुरा पनि उनि बताउछन।

दैनिक ३०० देखि ४०० सम्म पिडित जनताहरु आएर निशुल्क खाना खाने अर्का सामाजिक अभियन्ता सन्दिप महत बताउछन। सामाजिक दुरी कायम गर्दै व्यवस्थिति रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्दै तथा पिडित जनताहरुलाइ समेत निशुल्क मास्क वितरण गर्दै खाना वितरण गर्दै आएको प्रतिक श्रेष्ठले जानकारी गराए। रोगले भन्दा भोकले मान्छे मर्नु नपरोस भन्ने उदेश्यले सुरु गरिएको उक्त निशुल्क खाना वितरण कार्यमा जोकोहीले पनि साथ् सहयोग तथा हातेमालो गर्न सक्नेछन भने दुखि पिडितहरु आएर खाना खान सक्नेछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु