समाजसेवी प्रकाश कुमार श्रेष्ठ पितृ शोकमा

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

काठमाडौँ – रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका अध्यक्ष, समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ तथा धादिङ निर्माण ब्यबसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको पुजनीय पिता गोबिन्द श्रेष्ठको आज ८३ बर्षको उमेरमा अल्का हस्पिटलमा असामहिक देहान्त भएको छ। धादिङ घर भएका गोबिन्द श्रेष्ठ कानुन ब्यबसायी समेत हुन्। त्यसैगरी सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका स्वर्गीय गोबिन्द श्रेष्ठको निधनले गर्दा धादिङबासि मात्र नभएर देशलेनै एक असल नागरिक गुमाएको छ।

कानूनीबिज्ञ परिवारमा जन्मेका स्वर्गीय अधिवक्ता श्रेष्ठ १९९० देखि १९९८ सालका धादिङ्ग जिल्ला अदालतका न्याधिस डम्बर बहादुर श्रेष्ठका छोरा, नेपाल कानूनका बिद्वान सर्बोच्च अदालतका पुर्व न्यायाधिश ज्ञाईन्द्र बहादुर श्रेष्ठका माईला भाई, धादिङ वार एसोसिएसनका संस्थापक अध्यक्ष तथा धादिङका पहिलो कानुन व्यवसायी अधिवक्ता गोबिन्द बहादुर श्रेष्ठ हुन्।

स्वर्गीय गोबिन्द श्रेष्ठका २ छोरा र ४ छोरी रमेश कुमार श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, सुमित्रा श्रेष्ठ, गङ्गा श्रेष्ठ र जमुना श्रेष्ठ रहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु