‘पानी दोभानको’लाई युट्युवमा प्रशंसा, टिकटकमा भाइरल

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७९, मंगलवार

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘पानी दोभानको’ सार्वजनिक गरेका छन् । गीतमा कस्तुप र गायिका सुनिता बुढाको को स्वर रहेको छ । स्वयमको शब्द र संगीत समेत गायक पन्तकै रहेको छ । रमेश सेन्चुरी एरेन्जर गरेको गीतमा मिक्सिङ खड्क बाजुरालीले गरेका छन ।
सारथी म्युजिकले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई गायक पन्तकोे अफिसियल युट्युब च्यानल–कस्तुप पन्तबाट सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएसँगै युट्युव सकारात्मक कमेन्ट बटुल्न सफल भएको छ । गीतको शब्द, स्वर र लयको उच्च तारिफ भएको छ ।
युट्युबमा गीतलाई मन पराएर कमेन्ट गरिएको छ ।

उता पछिल्लो समय सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल ‘टिकटक’ समेत गीतलाई रुचाइएको छ । हजारौंले यस गीतलाई प्रयोग गरेर टिकटक भिडियो बनाएका छन् ।

उक्त गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियोले पनि उतिकै प्रशंसा बटुलिरहेको छ । अधिकाशंले गीतको अडियो भिडियो दुबै उत्कृष्ट भनिरहेका छन् ।
गीतमा लोमस शर्मा र जुनु एस.डि. फिचर्ड छन् ।

उक्त गीतमा काजिश श्रेष्ठको निर्देशन अजय रेग्मीको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु