आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७७, बिहीबार
IME Global

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुनुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु