‘अनेसास’ अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना !

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७५, बुधबार

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना कार्यक्रममा अध्यक्ष लेकालीले नेपाललाई अध्यक्ष नदिन निकै चलखेल भएको र ठूलो शक्ति लागेको बताउनुभयो । आपूmले अब सहकार्यको आधारमा सबैसँग मिलेर काम गर्ने र निस्कृय रहेका च्याप्टरहरूलाई सकृय पार्दै लगिने बताउँदै नेपाली भाषा साहित्यको विश्वप्यापी प्रचार–प्रसारको लागि लागिरहने बताउनु भयो । ‘मैले पाएको यो सम्मान र बधाईले ममा ठूलो जिम्मेवारी थपिएको छ’, लेकालीले भन्नुभयो, ‘तपाईंहरूको यो पूmलको वर्षा राम्रो काम गर, गरिनस् भने पूmलको बदला ढुङ्गाले हान्न नगरोस् भन्ने प्रतिकात्मक हो ।’ अध्यक्ष लेकालीले म नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय विकास र विस्तारको लागि आगामी दुई वर्षे योजनाले हैन अबको दुई सय वर्षको योजनाकासाथ काम गर्नेछु, भन्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.शर्मा, सभापति डा.नेपाल र आयोजक रत्नप्रसाद श्रेष्ठ अनामणिले आफ्नो पदको गरिमालाई इमानदारिताका साथ पूरा गरी नेपाली भाषा, साहित्य र सिर्जनाको अन्तर्राष्ट्रिय विकास, विस्तार र प्रचारमा लाग्न यो शुभकामना छ, भन्नुभयो । त्यस अवसरमा पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, डा.बमबहादुर थापा जिताली, डा.सत्यराज थपलिया, पूर्व प्रवउ गुप्तबहादुर श्रेष्ठ, गुरू नारायणाचार्य कौशिक, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, पत्रकार त्रिभुवनचन्द्र वाग्ले र सीता बिष्ट कार्कीले लेकालीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी पूर्व सेनानी टंकबहादुर बज्गाईं खत्री, अधिवक्ता कृष्णप्रसाद अधिकारी, शिक्षिका भवानी मैया पन्त, भगीरथ काफ्ले, साहित्यकार सानु शर्मा, कवि प्रशान्त डङ्गोल, सर्जक धरणीधर गुरागाईं र उदेश पाण्डेले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । निष्पक्ष मिडिया प्रा.लि.को कार्यालय गोंगबुँमा सम्पन्न कार्यक्रमको संयोजन उमेश पाण्डेले गर्नुभएको थियो । उमेश पाण्डे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु