• भट्ट गुरु भए योङ एस्टोलेजर अफ दि इयर

    म्यूजिक खबर
    प्रकाशित: ३० श्रावण २०७९, सोमबार
    International vastu Workshop-Nava Raj Bhatta Guru

    काठमाडौं । लोकप्रिय ज्योतिषी नवराज भट्ट (भट्ट गुरु)ले योङ एस्टोलोजर अफ द एयर अवार्ड प्राप्त सफल भएका छन् । दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालले काभ्रेको धुलिखेलमा आयोजना गरिएको ‘इन्टरनेशनल वास्तु वर्कशप २०२२’ मा ‘योङ एस्टोलोजर अफ दि इयर’ अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उपसभामुख सम्माननीय पुष्पा भुसाल (गौतम) को हातबाट उनलाई अवार्ड प्रदान गरिएको थियो ।
    सेलिब्रेटी ज्योतिषी र सेलीब्रेटीका पनि ज्योतिषीका रुपमा परिचित उनले विभिन्न समयमा अवार्ड सम्मान प्राप्त गरिरहने ज्योतिषी हुने । भट्ट गुरु अहिले योङ एस्टोलोजर अफ द एयर अवार्ड पाएसँगै अझै चर्चामा छन् । धेरै जसो कलाकारहरुले उनलाई आफ्नो भाग्य देखाउन भट्ट गुरुका पुग्ने गर्छन् । त्यस्तै राजनीतिज्ञ, व्यवसायी लगायत समाजका हरेक तह तप्काका व्यक्तित्वहरु भट्ट गुरुकोमा आफ्नो भाग्य देखाउन पुग्ने गरेका हुन्छन् । ज्योतिषी भट्ट गुरु विगत पाच वर्षदेखि ज्योतिषी पेशामा लागेर थुप्रै अवार्डहरु प्राप्त गरिसकेका छन् । ज्योतिषशास्त्रलाई एक रिसर्चको रुपमा लैजाने उनका धेरै भबिश्यवाणी प्रमाणित भएका छन् ।
    सोही कार्यक्रममा भट्ट गुरुसँगै ज्योतिषी विकास दाहाललाई रत्न ज्योतिष अवार्ड, ज्योतिषी अनिल तामाङलाई ज्योतिषी ऋषि सम्मान अवार्ड लगायत विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु