• औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न, कुलेन्द्र र राधिका सर्वोत्कृष्ट गायक गायिका, विन्ती छ मलाईले ग¥यो ह्याट्रिक

    म्यूजिक खबर
    प्रकाशित: २५ भाद्र २०७६, बुधबार

    काठमाडौं । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न भएको ‘औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड – २०७६’ मा सर्वोत्कृष्ट गायक कुलेन्द्र वि.क. र सर्वोत्कृष्ट गायिका राधिका हमाल हुन सफल भएका छन् । गायक कुलेन्द्र वि.क.ले सालको पात गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् भने गायिका राधिका हमालले लाहुरे गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी हुन् ।
    त्यस्तै औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्डमा तीन विधामा अवार्ड चुम्न सफल हुँदै ‘विन्ती छ मलाई’ बोलको गीतले ह्याट्रिक गर्न सफल भएको छ । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन पण्डित, म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए ।
    त्यसैगरी सुगम संगीततर्फ गायक रमेशराज भट्टराई, गायिकातर्फ रेणु मोक्तान, गीतकारतर्फ डा.डी.आर. उपाध्यायले अवार्ड चुम्न सफल भएका थिए भने युगल गायनको अवार्ड समिर आचार्य र विद्या तिवारीले अवार्ड चुम्न सफल भए ।
    लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट शब्द शिव हमाल, सर्वोत्कृष्ट भाका वसन्त थापाले चुम्न सफल भए भने सर्वोत्कृष्ट नव गायनतर्फ गायिका सन्जु न्यौपाने र इन्द्र दोङ लामाले अवार्ड चुम्न सफल भए । कल्चरल गीतर्फ गायिका लक्ष्मी तामाङ र रुद्रसेन विश्वकर्माले अवार्ड चुम्न सफलभएका थिए ।
    कार्यक्रममा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियाे भने वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मान प्रदान प्रदान गरिएको थियो । वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान प्रदान गरिएको थियोे भने पत्रकार, समाजसेवी, व्यवसायी, खेलाडी लगायत २६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
    नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रमलाई लोकप्रिय निर्देशक एवं आवाजका दुनियाँका साथी दिनेश डिसीले संचालन गरेका थिए । सोही अवार्ड समारोहमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संस्थाद्वारा विभिन्न जिल्लाहरुमा औद्योगिक मेलाहरु आयोजना गर्दै गर्दा कलाकारहरुलाई स्टेज मात्र दिन सफल भएको बताउँदै अब सम्मानको वातावरण बनाउनका लागि अवार्ड आयोजना गरिएको बताएका थिए । पहिलो अवार्डमा नै कलाकारहरुको उत्साहजनक सहभागिता देखेर आफू खुशी भएको बताउँदै अवार्डलाई आगामी दिनमा अझै व्यवस्थित र निष्पक्ष बनाउँदै लैजाने बताए ।
    त्यसैगरी अवार्ड कार्यक्रमको निर्देशक संचारकर्मी सूर्य चन्द रहेका थिए भने कार्यसमितिमा उपाध्यक्षमा राजकुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाध्यक्षमा प्रितम मल्ला ठकुरी, कार्यालय प्रमुख विनोद जयसवाल, कार्यालय सचिव विनोद सुर्खेती रहेका छन् ।

    अवार्ड चुम्न सफल भएका विधाहरु निम्न छन्

    सर्वोत्कृष्ट गायक सुगम संगीत
    रमेशराज भट्टराई –राखी

    सर्वोत्कृष्ट गायिका सुगम संगीत
    रेणु मोक्तान – दिलै आज

    सर्वोत्कृष्ट गीतकार सुगम संगीत
    डा.डी.आर. उपाध्याय – स्वार्थी दुनियाँ

    सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
    ज्योति प्रकाश – विन्ति छ मलाई

    सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
    समीर आचार्य÷विद्या तिवारी –घाममा सुकाइदेऊ

    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    कुलेन्द्र वि.क. – सालको पात

    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    राधिका हमाल – लाहुरे

    सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    शिव हमाल – लालुमै

    सर्वोत्कृष्ट भाका लोकदोहोरी
    वसन्त थापा – सालको पात

    सर्वोत्कृष्ट पप गायक
    मानसराज – जे पर्ला पर्ला

    सर्वोत्कृष्ट पप गायिका
    सोना अमात्य – म त खुल्ला छ

    सर्वोत्कृष्ट पप रचनाकार
    रमेश दाहाल – मिठो गीत

    सर्वोत्कृष्ट पप संगीतकार
    आशिष अबिरल – माया लुकी लुकी

    सर्वोत्कृष्ट कल्चरल गीत
    गायक रुद्र सेन विश्वकर्मा – कानोमे आहाके झुम्का
    गायिका लक्ष्मी तामाङ – डम्फूको ताक्धुम

    सर्वोत्कृष्ट राष्ट्रिय भाव
    अम्बिका गुरुङ – मेरो देश नेपाल

    सर्वोत्कृष्ट नव प्रतिभा
    गायिका सञ्जु न्यौपाने – लाहुर
    गायक इन्द्र दोङ लामा – लुंगी र चोली

    सर्वोत्कृष्ट नवनिर्देशक
    प्रहिल कार्की –प्रेमको तिर्खा

    सर्वोत्कृष्ट नव मोडल महिला
    मनिषा सापकोटा – हामी बादलभित्र

    सर्वोत्कृष्ट नव मोडल पुरुष
    विशाल थापा – प्रतिबिम्व

    सर्वोत्कृष्ट निर्देशक
    सुमन पण्डित – विन्ती छ मलाई

    सर्वोत्कृष्ट मोडल महिला
    मिनाक्षी महतरा –सुस्तरी
    सर्वोत्कृष्ट मोडल पुरुष
    नारायण ढकाल – विन्ती छ मलाई
    जुरी अवार्ड गीतकार
    शान्तिप्रिय – याद तिम्रो
    जुरी अवार्ड गायक
    विश्वराम कार्की – सोलमारी टुच्च
    जुरी अवार्ड गायिका
    सुशिला पाठक– सानीलाई
    क्रिटिक्स अवार्ड म्यूजिक भिडियो नवनिर्देशक
    दिपकराज पाठक – मैले भन्दा
    क्रिटिक्स अवार्ड गायक
    विनय कुमार कार्की
    इन्करेजमेन्ट अवार्ड गायिका
    सुजाता केसी – मलाई के थाहा त
    इन्करेजमेन्ट अवार्ड गायक
    दौलत राई
    पपुलर गायिका अफ दि इयर
    टीका प्रसाईं – माया लुकीलुकी
    पपुलर गायक अफ दि इयर
    रोज मोक्तान – शिर शिर हावा
    स्टेज पर्फमर अफ दि इयर गायक
    गायक रमेश श्रेष्ठ
    स्टेज पर्फमर अफ दि इयर गायिका
    गायिका सहिमा श्रेष्ठ
    म्यानेजमेन्ट च्वाइस अवार्ड
    गायक रविन्सन श्रेष्ठ
    गायिका प्रसन्ना पाण्डे
    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
    राजनराज शिवाकोटी
    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
    विन्दू परियार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु