• जलजला परियारको ‘भाग्य यस्तै’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार

    काठमाडौं । चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ । उनीसँगै गायक क्रिस पिकेको समेत स्वर रहेको ‘भाग्य यस्तै’ ले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ ।

    निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा म्यूजिक र एरेन्ज विशाल निरौलाको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा कुमार श्रीले साथ दिएका छन् । गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन् ।

    ‘हामीकहाँ विदेशिनु बहुसंख्यक नेपालीको बाध्यता हो । यही कटु यथार्थलाई हामीले गीतमार्फत भन्न खोजेका हौँ । आशा छ, दर्शकले स्वीकार्नुहुनेछ,’ गीतका संगीतकार विशाल निरौलाले भने ।
    गीतको भिडियो लिंक :

    देवी घर्ती र कस्तुपको ‘चिलाउनेको रुखमा’ अञ्जली र प्रकाश ! हेर्नुहोस भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु