• अब अनलाइनबाट जोक्स प्रतिस्पर्धा

    म्यूजिक खबर
    प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार
    Buddhi Tamang

    काठमाडौं । ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ ।

    प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए ।

    निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ सिजन १ को सुरुवात गरिएको हो । जसलाई अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीले गरेका हुन्।

    प्रतिस्पर्धामा रमाइलो जोक्स कम्पिटिशन (https://ramailojokescompetition.com) नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिनेछ । यस कार्यक्रमको निर्णायकमा कलाकार बुद्दि तामाङ , हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन्। यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु