प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुँदै

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७७, बिहीबार

काठमाडौँ – प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन नेपाली लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुने भएको छ। लाेक प्रतिभाकाे खाेजि र ऐतिहासिक स्थल हिलिहाङ दरबारकाे प्रबर्धन गर्न हाम्राे हिलिहाङ अनलाइन टिभिकाे प्रसतुतिमा र हिलिहाङ साेसियाे-कल्चरल ग्रुपकाे आयाेजनामा “कला र गलाकाे गर्छौं सम्मान,दबिएकाे आबाजलाई उजागर गर्ने हाम्राे अभियान” नाराकाे साथ गित रेकर्डिङ र आकर्षक नगद पुरस्कार सहितकाे प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन नेपाली लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुने भएको छ ।

प्रतियोगिता २०७७-०८-१६ देखि २०७७-११-१५ सम्म चल्ने र भिडियाे २०७७-१०-१५सम्म पठाउने र पाेष्ट गरिनेछ । भाेटिङ १ महिनाकाे समय सम्म,लाईक सेयर र भ्यूजकाे ६०% र निर्णायककाे ४०%मूल्यांकन गरिने भएको छ भने हाम्राे हिलिहाङ अनलाइन टिभि अनिवार्य सब्सक्राईब र हिलिहाङ साेसियाे-कल्चरल ग्रुपकाे पेज प्रतियाेगिले अनिवार्य लाईक गर्नुपर्नेछ । प्रतियाेगिकाे भिडियाे हाम्रो हिलिहाङ अनलाइन टिभिमा अपलाेड गरिनेछ । निर्णायक राष्ट्रिय कलाकार तथा लाेकगायक पूर्णकुमार काम्बाङ र लाेकगायिका देशु सुहाङ, संरक्षक गीतकार तथा ढाकाविद कल्पना याेङहाङ, हिलिहाङ साेसियाे-कल्चरल ग्रुपकाे संरक्षक सदस्य रहनेछन्।

लाेक प्रतिभाकाे खाेजी र ऐतिहासिक ब्यक्तित्व हाङ हिलिहाङकाे प्रवर्धनार्थ हाम्रो हिलिहाङ अनलाइन टिभिकाे प्रस्तुतिमा र हिलिहाङ साेसियाे-कल्चरल ग्रुपकाे आयाेजनामा गीत रेकर्डिङ र नगद पुरस्कारसहितकाे “प्रथम विश्वब्यापी अनलाइन नेपाली लाेकगीत प्रतियाेगिता २०७७”आयाेजना गरिएकाे हुनाले तपाईमा अन्तर्निहित नेपाली लाेक प्रतिभा प्रष्फुटन गरि प्रतियाेगिता सफल बनाउन याे प्रतियाेगितामा तपाईकाे गरिमामय सहभागिता जनाउनुहुन सम्पूर्ण देश विदेशमा रहनुहुने लाेकगीत सर्जकहरुमा सहर्ष जानकारीकाे साथ हार्दिक अनुराेध गर्दछौं।
प्रतियोगिताकाे नियमहरु
————————–
(१)सबै जाती,भाषा,धर्म समुदाय,लिङ्गका सबै विश्वभर रहनुहुने नेपाली भाषा भाषीका लाेकगितसर्जकहरु सहभागी हुन सक्नुहुनेछ।
(२)ऐतिहासिक तथा पर्यटकिय स्थल हिलिहाङ दरबारकाे र हाङ्यकपुङ गढीकाे प्रचारार्थ लाेकगीतकाे स्थायी वा अन्तरामा हिलिहाङलाई प्रवर्धन गर्ने कुनै न कुनै शब्द अनिवार्य हुनुपर्नेछ ।जस्तै………हिलिहाङ गेटैमा ।
……………पहिलाे भेटैमा।
……………..हिलिहाङ दरबार।
……….बसाउन घरबार।
……….हिलिहाङ जस्तै सुन्दर।आदि
(३)प्रतियाेगितामा सहभागीले कम्तिमा ५ र बढिमा ८ मिनेटकाे नेपाली लाेकगीत लय तथा आवाजमा माेबाईल वा भिडियाे क्यामेराबाट भिडियो खिचेर एकप्रति पासपाेर्ट साइजकाे फाेटाेसहित यहि २०७७कार्तिक३० गते(बलिहाङ तङनाम/दिपावली)देखि २०७७माघ १५गतेसम्ममा पठाउनु पर्नेछ।कुनै प्रकारकाे बाद्यबादन आवश्यक छैन।
(४)प्रतियोगिता२०७७/०८/१६(01-12-2020)देखि२०७७/११/१६(28-02-2021)सम्म चल्नेछ।
(५)प्रतियोगिता शुरु मितिकाे ६० दिनसम्म भिडियाे पाेष्ट गरिनेछ।
(६)हरेक प्रतिष्पर्धीकाे मूल्यांकनको अवधि १ महिनाकाे रहनेछ।
(७)हाम्राेहिलिहाङयुूट्युबच्यानलकाेअनिवार्यसक्सक्राइब,सेयर र हिलिहाङ साेसियाे-कल्चरल ग्रुप पेजकाे लाइक र सेयर हरेक प्रतिष्पर्धिले गर्नु पर्नेछ।
(८)लाइक,सब्सक्राइब र भ्युजकाे ६०%र निर्णायककाे ४०%काे आधारमा विजेताहरुकाे घाेषणा गरिनेछ।
(९)प्रतियोगितामा प्राप्त भिडियाेहरु हाम्राे हिलिहाङ यु ट्युब च्यानल मार्फत अपलाेड गरिनेछ रहिलिहाङसाेसियाे-कल्चरल ग्रुपकाे फेसबुक पेजमा राखिनेछ।
(१०)लाेकगीतकाे नियमभन्दा बाहिरकाे कुनैपनि गितलाई प्रतियाेगितामा समाबेश गरिने छैन।कुनै प्रकारकाे विवाद आएमा आयाेजककाे निर्णय मान्य हुनेछ।
(११)प्रतिष्पर्धिले आफ्नाे भिडियाे निम्न ठेगानामा पठाउनुपर्नेछ:
-whatsapp 0977 9862634335
-प्रकाश याेङहाङ 0977 9804983259
-हर्कलाल गिरी 0977 9862603802
-अशाेक याेङहाङ 0977 9801424385
-सन्ताेष राना 0977 9807925352
-हाम्राे हिलिहाङ टिभिकाे ईमेल yonghangmanu2@gmail.com
-Hilihang Socio-Cultural Group काे facebook pageकाे मेसेन्जर
-facebook messenger
-काेरियामा सराेज याेङहाङ
-युराेपमा पदम याेङहाङ ,
अनिल याेङहाङ र कमल याेङहाङ
-अमेरिकामा निलम जवेगु र कर्ण बहादुर याेङहाङ
-जापानमा मिनेन्द्र याेङहाङ र प्रबिन भारती
-मध्यपुर्वमा प्रेमराज याेङहाङ
-मलेसिया,सिङ्गापुर,ब्रुनाइ,हङकङ,अष्ट्रेलिया,मकाउमा मनाेज याेङहाङ,शुरेश लिम्बू
-भारत तथा दक्षिण एसियामा याम्साङ फागाे
———————–
पुरस्कारहरु
-प्रथम पुरस्कार:रु३०,०००/-नगद,स्वर्ण पदक,सम्मान पत्र र गीत रेकर्डिङ(भिडियाे सहित)
-दाेश्राे पुरस्कार:रु२०,०००/-नगद,रजत पदक,सम्मान पत्र र गीत रेकर्डिङ
-तेश्राे पुरस्कार:रु१०,०००/-नगद,काश्य पदक,प्रमाण पत्र र गीत रेकर्डिङ
पिपल्स भिउज पुरस्कार :रु५,०००/-नगद र प्रमाणपत्र र गीत रेकर्डिङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु