खुमन र गायत्रीको ‘बोली मिठो’ सार्वजनिक ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७५, बिहीबार

काठमाडौं – चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ ।
आकर्षक भिडियो सहित गीत शिव दर्शन फिल्मस्को युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको छ ।
बिबाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गिस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । गायका खुमन र गायिका गायत्रीलाई भिडियोमा देख्न सकिन्छ ।
नृत्यका लागि थुप्रै कोरस कलाकार समेत प्रयोग गरिएको भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ ।
अहिले बजारमा आएका भन्दा केही भिन्न रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु