• कृष्ण थापा एकल साँझमा

    म्यूजिक खबर
    प्रकाशित: ९ माघ २०७०, बिहीबार

    काठमाडौं, ९ माघ । लोकगायनमा छुट्टै छवि बनाएका गायक कृष्ण थापा अब एकल साँझमा उत्रने भएका छन् । करिब तीन दशक लामो गायन यात्रा गरिसकेका गायक कृष्ण थापाले आफ्नो गायन यात्राको क्रममा गाइएका गीतहरुलाई आगामी फागुन १७ गते एकल साँझका माध्यमले प्रस्तुत गर्न लागेका हन् ।
    सारङ्गीको तार, लाहुरे फुली पाते बुलाँकी, जुनी जुनीलाईलगायतका दर्जनौं गीतहरु गाइसकेका लोकगायक कृष्ण थापाले आफ्नो जीवनलाई सदैव लोकसंगीतमा नै समर्पित गर्दै आएका छन् । पछिल्लो समय हिउँचुली क्यासेट सेन्टर खोलेर उत्पादन र बितरणमा समेत हात हालेका कृष्ण थापालाई कम्पनीमा कार्यरत रहेका कामदारहरुले डुबाइदिएपछि पीडित बनेका थिए । आफ्नो जीवन लोकगायनमा समर्पण गरे पनि त्यसबाट फाइदा भने लिन नसकेका गायक कृष्ण थापाले पछिल्लो समय गीतहरु बजारमा नल्याए पनि एकल साँझका माध्यमले आफूलाई पुनः गायनमा उतार्ने भएका छन् । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा गरिन लागिएको उक्त एकल साँझले उमेरको उताद्र्धमा उनको जीवनमा पक्कै पनि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु