लक्ष्मीको “पसिनाको कमाई” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । गौरव दर्पनको “पसिनाको कमाई” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गौरव दर्पनको नै शब्द तथा संगीत रहेको उक्त गीतमा फणिन्द्र राईको एरेंज रहेको छ । एक परदेशमा रहेको युवकको पिडा र आफ्नी पियारीलाई पसिनाको कमाई राम्रोसँग खर्च गर्ने कुराको समावेश जानकारी गरिएको छ । उक्त गीतको भिडियोमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई पती पल्नीको रुपमा प्रस्तुत गरिएको भिडियोमा परिवार छोडेर परदेश जानु पर्दाको पिडा देख्न सकिन्छ ।गीतको भिडियो बुद्ध थापाले छायाँकन रहेको उक्त गीतमा लक्ष्मी बर्देवाको नै निर्देशन रहेको भने भिडियोलाई सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु