• शुभेच्छा थापाले चलचित्र “लक्ष्मी रानी” निमार्ण गर्ने

    म्यूजिक खबर
    प्रकाशित: १० पुष २०७५, मंगलवार

    काठमाडौं । शुभेच्छा सिने फ्रेम को प्रस्तुतीमा पारिवारिक कथा बस्तु बोकेको चलचित्र “ लक्ष्मी रानी ” निमार्ण हुने भएको छ । शुभेच्छा थापाको कथा तथा निर्देशनमा बन्ने चलचित्रको नेपालका विभिन्न ठाउँमा छायाँकन हुने निमार्ण पक्षले बताएको छ ।

    विनोद त्रिपाठी निर्माता , दिव्य सुवेदी को छायाँकन , बवुल गिरीको संगीत , नृत्य विवेक थापाको सहकार्यमा चलचित्र निमार्ण हुने भएको छ । चलचित्रमा शुभेक्षा थापा ,माधव प्रसाद सिक्देल, धिरन शाक्य, जय किसान बस्नेत, प्रदेशी शाह , मिथीला शर्मा ,रश्मि भट्ट , श्याम राई ,खगेन्द्र नेपाल , बवुल गिरी ,कमल साउद ,बिनोद त्रिपाठी को, पल्पोसा डन्गोल (चम्सुरी) रामु बिरही लगायतका कलाकारहरुको अभिनय हुने भएको छ । लक्ष्मी रानी फिल्मको आगामी १८ गते बाट छायाँकन गरिने निर्देशक शुभेच्छाले बताइन ।

     

    ग्ल्यामर बिना चलचित्र चल्दैन : शुभेच्छा थापा, अभिनेत्री

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु