शीतल कादम्बिनीलाई गीतकार प्रतिष्ठानको सम्मान, शीतल गिरीको अध्यक्षमा नयाँ कार्यसमिति

म्यूजिक खबर
प्रकाशित: २ माघ २०८०, मंगलवार
Lyricist Academy of Pokhara

पोखरा । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिएका थिए । गीतकार सङ्घ, नेपालकी सचिवसमेत रहेकी उनले गीत र गीतकारको हितका लागि जुनसुकै संस्था भए पनि मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।
गीतकार तीर्थ श्रेष्ठले गायक र सङ्गीतकारले मात्र गीतको श्रेय लिने परम्पराप्रति असन्तुष्टि जनाउँदै गीतकार आमा भएकाले बिर्सन नहुने धारणा राखे । उनले गीत गाउँदा मात्र गीत हुने नभई गीत लेखन र वाचन गर्दा पनि गीत रहने बताए ।

कहाँ थियौ तिमी…, झुमा झुम्कावाली… लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित छिन् । उनले नेपाली गीत÷गजलका क्षेत्रमा पु¥याएकी योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको सचिव अनुराग अधिकारीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको साधारण सभामा लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, गण्डकीका अध्यक्ष राजन कार्की, ¥यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमु, अनेसासकी गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा न्यौपानेलगायतले शुभकामना दिएका थिए ।
यसै बिच, दोस्रो अधिवेशनबाट शीतल गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की ‘अञ्जान’, सहसचिवमा बिर्सना बस्नेत तथा सदस्यहरूमा सावित्री गिरी, जीवनमित्र पण्डित, राजाराम पौडेल, रेशम रचक, हरिमाया पराजुली र आदर्श पोखरेल सर्वसम्मत चयन भएका छन् । नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्यालको संयोजकत्वमा विक्रम पौडेल र पुष्पराज पौडेल सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमिति घोषणा गरेको थियो । नवगठित कार्यसमितिका पदाधिकारीलाई लोकगायिका हरिदेवी कोइरालाले शुभकामना दिइन् । प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष गिरीले प्रतिष्ठानका गतिविधिलाई थप उचाइमा पु¥याउन नयाँ योजनाहरू अघि बढाइने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु