• प्रकाश पराजुली र मीना बुढाथोकीलाई ‘दोहोरी च्याम्पियन’को उपाधि

    म्यूजिक खबर
    प्रकाशित: १३ कार्तिक २०७८, शनिबार

    काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।

    उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

    सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ । राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ ।

    तृतीय र सान्त्वना समूहले क्रमशस् तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

    ‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।

    गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका थिए । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट कार्यक्रम प्रशारण हुँदै आएको थियो ।

    फिनालेमा छिटटै ‘दोहोरी च्याम्पियन’ सिजन २ सुरु हुने समेत घोषणा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु