‘मिस नेपाल– २०२२’ खोजी शुरु

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७९, बुधबार

काठमाडौं । ‘मिस नेपाल– २०२२’ को खोजी शुरु भएको छ । द हिडन ट्रेजरले आगामी नयाँ संस्करणका लागि मिस नेपाल–२०२२ का लागि आवेदन खुला गरेको हो ।

मिस नेपाल प्रतियोगितामा सहभागीले सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् । प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका देशभरका युवतीहरू सहभागी हुन पाउनेछन् ।

यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् ।

‘मिस सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता नदिइने भएको छ । यस वर्ष मिस नेपालको पेजेन्टलाई फराकिलो र देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा अडिसन मिति तय गरेको अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

अडिसन काठमाडौंलगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । आयोजकका अनुसार काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुनेछ । अन्य सहरमा हुने अडिसनका लागि निश्चित मिति र स्थान छिट्टै तय गरिने राजकर्णिकारले बताए ।

हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु