यस वर्षको ‘मिस नेवाः नेपाल’ फागुन १५ मा

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७७, बिहीबार २१:५१
Miss Newa

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ यस वर्ष निर्धारित मितिभन्दा १ साता पछि हुने भएको छ ।
नेवार समुदायका युवतीहरुका लागि नेप्लिज फेशन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपाल यस वर्ष फागनु ७गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रजातन्त्र दिवस सम्बन्धि कार्यक्रम प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडिलाई सार्नु परेको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा प्रजातन्त्र दिवस सम्बन्धी कार्यक्रम तोकिएकाले मिस नेवाःको कार्यक्रम एक साता पछाडिलाई सारिएको हेमाले बताइन् । अब १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ फागुन ७ को साटो फागुन १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
मिस नेवाःका प्रतिस्पर्धीहरु मिस ट्यालेन्ट लगायतका कार्यक्रम तथा विभिन्न तालिम, प्रशिक्षण र भ्रमणपछि अहिले अन्तिम प्रतिस्पर्धामा भिड्ने तयारीमा जुटेका छन् । १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26