• प्लास्टिकबाट निर्माण भएका फेसनहरुको शो: मनसुन फेसन परेड

    म्यूजिक खबर
    प्रकाशित: २८ श्रावण २०८०, आईतवार

    काठमाडौं । बर्षादको महिनालाई मध्यनजर राजधानीमा प्लास्टिकबाट निर्माण भएका फेसनहरुको शो आयोजना भयो ।

    २० महिला मोडलहरुले प्लास्टिकका मनमोहक पहिरन र्याम्पमा प्रस्तुत गर्दा दर्शक आकर्षित बनेका थिए ।

    रेनकोट, विजवेयर र गाउन गरेर तीन सिक्वेसनमा मोडलले बिभिन्न आकर्षक फेसन प्रदर्शन गरेका थिए ।

    इभेन्ट आयोजनामा एक उत्कृष्ट नाम बनाएको इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा।लिले ‘मनसुन फेसन परेड’ नामक फेसन शो भब्य रुपमा आयोजना गरेको हो ।

    कुलेस्वर स्थित भिजननोभा मल्टिप्रपोजको हलमा आयोजना भएको फेसन शोमा ‘मिस ग्ल्याम वल्र्ड’को फष्टरनरअप आयुसा प्याकुरेल र ‘मिस वल्र्ड टुरिजम’ सजिना खनाल शो पटरका रुपमा रहेका थिए ।

    शोमा नेपालको स्थापित फेसन इन्टिच्युट सिआइएफटीको प्रोफेसनल डिजाइनरहरुले तयार पारेका आकर्ष डिजाइन सहभागी थियो ।

    करिब ६ घन्टासम्म चलेको शोमा गाउन सिक्वेलमा उत्कृष्ट ड्रेसको प्रतिस्पर्धा समेत राखिएको थियो । उक्त प्रतिस्पर्धामा डिजाइनर अनिता स्त्री उत्कृष्ट डिजाइनर भएकी छन् ।

    रोमिक खड्गीको कोरियोग्राफी रहेको फेसन शोको आयोजना तथा म्योनेजमेन्ट इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारको रहेको थियो ।

    ‘फेसन शोको उदेश्य नेपाली फेसन प्रेमीहरुलाई नयाँ र आकर्षक पहिरनको जानकारी गराउने रहेको तण्डुकारले बताए ।

    शोमा चर्चित गायक कमल खत्री, बिनोद ढकाल, नरेश सिंह, वैबा उर्गेन लगायतको सांगीतिक प्रस्तुती रहेको शोमा डिजे रे र डिजे पपाजले डिजे सेसन मार्फत सबैलाई नचाएका थिए भने शोको संचालन सेसेमी लिम्बुले गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु