• सञ्चारकर्मी रोशनीको शब्द तथा मौसम र सविताको स्वरमा मौलिक सालैजो गीत सार्वजनिक, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २६ पुष २०७५, बिहीबार

    गुरुङ संस्कती जर्गेना गर्न पछिल्लो समय निकै सालैजो गीतहरु बजारमा आएका छन् । यसै क्रममा गायिका सविता गुरुङकोे मौलिक सालैजो गीत ‘यो मनको कुरा’ सार्वजनिक भएको छ ।

    सार्वजनिक यो मनको कुरा सालैजो गीतमा गायक मौसम गुरुङको साथमा गायिका सविता गुरुङले स्वर दिएकी छन् । जसलाई सञ्चारकर्मी एवं सर्जक किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् भने लय चर्चित गायिका शर्मिला गुरुङको रहेको छ ।

    रबिन गुरुङको निर्देशन रहेको भिडियोमा याम गुरुङले कोरियोग्राफी गरेका हुन् । नमिता गुरुङ निस्चल जिएम लगायतको अभिनय तथा नृत्य रहेको छ ।
    गीतको छायांकन भने खेमराज मगरले गरेका हुन् भने गीतको म्युजिक भिडियोलाई मेख बहादुर थापाले सम्पादन गरेका छन् ।
    यस अगाडि पनि सञ्चारकर्मी एवं सर्जक रोशनीले सिर्जना गरेका थुप्रै मौलिक गीतहरू गायक गुरुङले गाइसकेका छन् ।

    हेर्नुहोस् भिडियो

     

     

    मौलिक सालैजो गीत ‘सुर्खेतमा भेरीको पुल’ चर्चामा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु