अमेरिकामा ‘थेत्लङ्’ को विशेष प्रदर्शन गरिने

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

न्युयोर्क। किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन मिति पछि सरेको छ । २०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्युयोर्क स्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनि टिकट समेत विक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान चाड विजया दशमी र तिहारको तयारीसंगै सबैजना व्यस्त हुने र दशै, तिहार मनाउन अधिकाँश नेपाल जाने लगायतका विभिन्न कार्यक्रम हुने भएकोले हाललाई विशेष प्रदर्शन रोक्नु परेको निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ । उहाँका अनुसार तिहार सक्के लगतै चलचित्र प्रदर्शन हुनेछ ।

दशै, तिहार भरी चलचित्रको प्रचार, प्रसार र टिकटहरु धेरै भन्दा धेरै दर्शक माझ पुराउने र प्रयाप्त मात्रामा दर्शक शुभचिन्तकहरुको सहभागिता गराउने उव्देश्य आयोजक पक्षले लिएको छ । परिवर्तिक कार्यक्रम मिति अनुसार १४ नोभेम्बर २०२१ शनिबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा चलचित्रको बिशेष प्रदर्शन हुने छ ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्ब लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् ।

ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बुको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु