चेतन सापकोटाको नेतृत्वमा संगीतकार संघमा नयाँ कार्यसमिति

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७९, शनिबार

काठमाडौं । चेतन सापकोटाको नेतृत्वमा संगीतकार संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न सघको एघारौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सापकोटा दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय केन्द्रिय कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्ष– सुदाम थापा, द्धितिय उपाध्यक्ष राजन इशान, महासचिव – बसन्त सापकोटा निर्वाचित भएका छन् । सचिवमा प्रल्हाद बोगटी र कोषाध्यक्षमा राजेश थापा चुनिएका छन् ।

सदस्यमा अर्जुन पोखरेल, राजनराज शिवाकोटी, शंकर थापा स्माइल, दिनेश बान्तवा निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु