• नवौं म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, थापालाई दीर्घ साधना सम्मान, पूर्णिमा र सरोज सर्वोत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: १२ पुष २०७८, सोमबार

    काठमाडौं । नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३०५५५। रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा गायक राज सागर र गायिका मनिषा पोखरेलले वरिष्ठ गायक थापाका चार वटा गीत गाएर सम्मान अर्पण गरेका थिए ।

    कार्यक्रममा गायिका पूर्णिमा लामा र गायक सरोज कोइराला सर्वोत्कृष्ट गायक गायिका बन्न सफल भएका थिए । गायिका लामाले एक पल्ट भनन गीतबाट अवार्ड चुमेकी थिइन् भने गायक कोइरालाले माया केवल मायाबाट अवार्ड चुम्न सफल भएका थिए ।

    कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाललाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो भने लोकप्रिय गायक हेमन्त शर्मा र लोकप्रिय गायिका सीता थापालाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ रङ्गपत्रकार विदुर गिरीलाई १०५५५ नगद राशिसहित म्यूजिक खबर संगीत पत्रकारिता प’रस्कार प्रदान गरिएको थियो । त्यस्तै गायक राजु ढकाललाई म्यूजिकखबर युवाप्रतिभा संगीत सम्मान प्रदान गरिएको थियो भने बालगायिका सफलता श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा गायक सुमित खड्कालाई म्यूजिक खबर संगीत सम्मान प्रदान गरिएको थियो भने कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई म्यूजिक खबर स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै फोटोग्राफर च्याङ्बा लामालाई म्यूजिक खबर फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो ।

    कार्यक्रममा गायक भोजराज काफ्ले, गायिका अन्जु गौतम, गायिका पुष्पा बोहरा, गायक रविन लामिछाने, गायक सागर गुरुङ, गायक रमेशराज भट्टराई र गायक छिरिङ भुटियाले सांगीतिक प्रस्तुति दिएका थिए भने पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा राष्ट्रिय सभा सदस्य वरिष्ठ गायिका कोमल वली, विराटनगर महानरपालिकाका मेयर भीम पराजुली, चलचित्र लेखक, निर्देशक गीतकार नीर शाह, अभिनेत्री लक्ष्मी गिरी, गीतकार चूडामणी देवकोटा, चलचित्र लेखन निर्देशक मोहन निरौला, गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, अभिनेता शिवहरि पौडेल, गायक दुर्गा रायमाझी, संगीतकर्मी आरसी कोइराला, निर्देशक अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी, निर्देशक बाबुराजा केसी, पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाई, गायक विष्णु खत्री, गायक इन्द्र जिसी, गायक रेशम सापकोटा, गायिका बीमा कुमारी दूरा, गायिका शीला आले, गायिका संगीता राना प्रधान, लगायत गीतसंगीत, चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, संगीतकार संघ नेपालका अध्यक्ष पारस मुकारुङ, गीतकार संघ नेपालका उपाध्यक्ष वसन्त वित्यासी थापा, लोकसंगीत बहुद्देश्यीय सहकारीका अध्यक्ष चन्द्र शर्मा, संगीत रोयल्टी संकलन समाजका निवर्तमान अध्यक्ष महेश खड्का, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, तमु कलाकार संघकी अध्यष शर्मिला गुरुङ लगायत विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।

    अवार्ड पाउने स्रष्टा, कलाकार तथा प्राविधिक सूची

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    पारसमणी बराल–मेरी आफ्नी आमा

    सर्वोत्कृष्ट पप गायन महिला
    रुचि घिमिरे– गालैको कोठीमा

    सर्वोत्कृष्ट पप गायन पुरुष
    देव तण्डुकार– सक्दिनँ म

    सर्वोत्कृष्ट पप संगीतकार
    राम सिटौला– घुम्न जाउँ न

    सर्वोत्कृष्ट पप गीतकार
    अमर वान्तु– शिल्की कपाल

    सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी महिला
    जानुका तामाङ–उखु गुलियो

    सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी पुरुष
    निकेश तामाङ– औंठी सुनको

    सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी
    कृष्ण केसी–बनपालेको लौरी

    सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी
    मानबहादुर बराल–औंठी सुनैको

    सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरी
    सञ्चिता शाही– माछी लेवैमा

    सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी
    रमेश थापा– रामकसम

    सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी
    दीप गुरुङ– लाहुरेको कर्म

    सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    रविन लामिछाने– हातमा घडी–२

    सर्वोत्कृष्ट भाका लोकदोहोरी
    धरोधर्म विद्यानास– श्रीकृष्ण बममल्ल

    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    शिव संगीत– बनमा चरी

    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    कला लम्साल– लाहुरे आएन

    सर्वोत्कृष्ट कल्चरल गीत
    चोखो माया सलौजो
    हरिराम परियार–विनिता गुरुङ

    सर्वोत्कृष्ट कल्चरल गायिका
    ए साइली–तारा श्रीष

    सर्वोत्कृष्ट कल्चरल गायक
    सन्तु थापा– सुपारी काँचो

    सर्वोत्कृष्ट कल्चरल संगीतकार
    दिपसागर थापा– फूलजस्तो जोवन

    सर्वोत्कृष्ट लोकगीत
    पाटनैको पातलो चिउरा–तुलसी पराजुली

    सर्वोत्कृष्ट दोहोरी गीत
    नैना रेशम
    सूर्य खड्का–दुर्गा सापकोटा

    सर्वोत्कृष्ट पूर्वेली गीत
    शम्भू राई र अन्जु गौतम

    सर्वोत्कृष्ट देउडा गायिका
    लक्ष्मी आचार्य

    सर्वोत्कृष्ट देउडा गायक
    मायाले नै हो प्यारी–जोसेफ शाही ठकुरी

    सर्वोत्कृष्ट चलचित्र गीतकार
    लोकराज अधिकारी
    ओ मेरो परान– म त मर्छु कि क्या हो

    सर्वोत्कृष्ट चलचित्र संगीतकार
    सुरेश अधिकारी–झ्याम्मै आँखा

    सर्वोत्कृष्ट चलचित्र गायिका
    सहिमा श्रेष्ठ– राइफलको सिरानी

    सर्वोत्कृष्ट चलचित्र गायक
    ध्रुव विस्को– राइफलको सिरानी

    सर्वोत्कृष्ट गजल
    पुरानो घाउ– चन्द्र प्रसाईं परिस्कृत

    सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
    अनु अधिकारी– चड्कन दिनुपर्नेलाई

    सर्वोत्कृष्ट मोडल पुरुष सुगम संगीत
    गौतम खाती–कोरेको छु तिम्रो तस्विर

    सर्वोत्कृष्ट मोडल महिला सुगम संगीत
    सुशीला थापा–कति माया गर्छौ

    सर्वोत्कृष्ट निर्देशक सुगम संगीत
    विज्ञान राई–तिमी नबुझी आयौ

    सर्वोत्कृष्ट छायाँकन सुगम संगीत
    नवराज उप्रेती–कुरा काट्ने मान्छेले

    सर्वोत्कृष्ट सम्पादन सुगम संगीत
    प्रविन भट्ट–गुड्डु आइ लभ यू

    सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
    मनोहर सुनाम– कुवाको पानी

    सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
    सपना श्री र प्रेम सेन्चुरी
    जीवन यहाँ यस्तै

    सर्वोत्कृष्ट मिक्सिङ सुगम संगीत
    भोला पौडेल– कुवाको पानी

    सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत
    प्रतिमा गुरुङ–विस्तारै विस्तारै

    सर्वोत्कृष्ट डायस्पोरा गीतकार
    नूतन भुसाल–थाहा छैन के हुन्छ

    सर्वोत्कृष्ट गीतकार पुरुष सुगम संगीत
    प्रकाशपुञ्ज– एउटा फूल

    सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
    राजेश थापा–थियौ तिमी दिलमा

    सर्वोत्कृष्ट गायिका सुगम संगीत
    पूर्णिमा लामा– एकपल्ट भनन

    सर्वोत्कृष्ट गायक सुगम संगीत
    सरोज कोइराला–माया केवल माया

    सर्वोत्कृष्ट गीत सुगम संगीत
    झम्के माया
    समिर आचार्य र अन्जु पन्त

    सर्वोत्कृष्ट एल्बम
    नीवन– नवीन कार्की

    जुरी अवार्ड गायिका
    देविका बन्दना–परदेशी

    जुरी अवार्ड गायक
    कौशलराज खड्का–यति धेरै

    जुरी अवार्ड संगीतकार
    डेनी निरौला–बितेका दिन

    जुरी अवार्ड गायक लोकदोहोरी
    विमल डाँगी–मेरो हजुर

    पब्लिक च्वाइस अवार्ड
    पूजा क्षेत्री–केमा चित्त दुख्यो

    इन्करेजमेन्ट अवार्ड
    सुप्रिमा भट्टराई–राजराज भन्थी

    क्रिटिक्स अवार्ड गायिका लोकगीत
    सीता केसी–सुनका बाला

    पपुलर मोडल अफ दि इयर
    दुर्गेश थापा–राजा राजा भन्थी

    पब्लिक च्वाइस अवार्ड
    पूजा क्षेत्री– के मा चित्त दुख्यो 

    अवार्डको सम्पूर्ण फोटोहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला

    अवार्डको फोटोहरुका लागि म्यूजिक खबर फेसबुक पेज यहाँ क्लिक गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु