• तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको आवेदन खुला, अनलाईनमार्फत् पनि सहभागी हुन सकिने

    म्यूजिक खबर
    प्रकाशित: १७ श्रावण २०८१, बिहीबार

    काठमाडौं । तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको आवेदन खुला गरिएको छ । २०८१ भित्र बजारमा आएका तिज पर्वसँग सम्बन्धित रहेका गीतहरु यस अवार्डमा सहभागी हुने प्रावधान रहेको छ । यस तेस्रो म्यूजिक खबर तिज म्युजिक अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउनेछन् । पहिलो वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड दोस्रो वर्षबाट भने अनलाइन मिडिया म्यूजिक खबरले ब्रान्डिङ गरेको छ । आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुति रहेको यस अवार्डमा २५ विधामा गायक, गायिका, शब्द, संगीत, श्रृंगार, छायाँकार, सम्पादन, कोरियोग्राफर, मोडल, निर्देशक लगायतका रहेका छन् । यो अवार्ड आगामी भदौ १५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा समापन गरी अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमसँगै तिज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमसमेत रहेको आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।
    तिज म्यूजिक अवार्डमा सहभागी हुनेहरुले https://globalonlinepay.org/formBooking/66a8f3481834e1722348360 मार्फत् आफ्नो सिर्जनालाई सहभागी गराउन सक्नेछन् । अवार्डमा सहभागी हुने विधाहरु निम्न रहेका छन् ।
    सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
    सर्वोत्कृष्ट तीज गीत रेकर्डिष्ट
    सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
    सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
    सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
    सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
    सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
    सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
    सर्वोत्कृष्ट तीज दोहोरी गीत
    सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
    सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
    सर्वोत्कृष्ट तीज गीत भिडियो संयुक्त मोडल
    सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
    सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
    सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
    सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
    सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
    सर्वोत्कृष्ट मौलिक तीज गीत संयुक्त गायन
    सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
    सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
    सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
    सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
    सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
    सर्वोत्कृष्ट मौलिक तीज गीत
    सर्वोत्कृष्ट डायस्पोरा गीत

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु