• ‘के छ मसँग’ भन्दै अमृत र नग्माको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

    काठमाडौँ । गायक विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ ।
    गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ । जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमी-प्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।
    अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु