“कलाकारको बीचमा कलाकार” सम्वादमा वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

अरुपण आर्ट ग्यालरी नेपालले वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठसित सम्वाद कार्यक्रमको आयोजना गर्‍यो । नोवेल एकेडेमीका विद्यार्थीहरुबीच गरिएको सो कार्यक्रममा सर्जक श्रेष्ठलाई विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र विशेष अतिथिमा वरिष्ठ कवि प्रधुम्न श्रेष्ठ, सिक्किम रहनु भएको थियो । सो अवसरमा प्रमुख अतिथि लेकालीले सर्जक श्रेष्ठ बहुमुखी प्रतिभा भएको भन्दै उहाँको योगदानको चर्चा गर्नु भयो ।

ग्यालरीका अध्यक्ष वरिष्ठ कलाकार प्राज्ञ रमेश खनालले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमका सर्जक श्रेष्ठसित विपिनराज श्रेष्ठले सम्वाद गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु