सङ्गीतकार सापकोटा, पत्रकार धमला र सौन्दर्यवीद् श्रेष्ठलाई ‘नेशनल इन्टरटेन्मेन्ट रजत सम्मान’

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७९, बुधबार

काठमाडौं । सङ्गीतकार चेतन सापकोटा, पत्रकार ऋषी धमला र सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ ‘नेशनल इन्टरटेन्मेन्ट रजन सम्मान’ बाट सम्मानित हुने भएका छन् । राजधानीको कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमामा श्रावण ३० आयोजना हुने दोश्रो नेशनल इन्टरटेन्मेन्ट अवार्ड समारोहमा उनीहरुलाई यो सम्मान प्रदान गरिंदैछ ।

गीतसंगीतको क्षेत्रमा संगीतकार सापकोटाले लामो समयसम्म पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको बताइएको छ ।

त्यस्तै पत्रकार ऋषी धमलाले पत्रकारिता क्षेत्रमा पू¥याएको अतुलनिय योगदानको कदर गर्दै ‘नेशनल इन्टरटेन्मेन्ट पत्रकारिता रजत सम्मान’ प्रदान गरिने भएको छ ।
अवार्डमा सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई ‘नेशनल इन्टरटेन्मेन्ट नारी रत्न सम्मान’ गरिने भएको हो ।

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डमा ३८ विधा समेटिएको छ । यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु