राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०७६, आईतवार

काठमाडौं । कलाकारहरुले देशभक्तीपूर्ण, राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ बजारमा ल्याएका छन् । नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कलाकारहरूले एक मुख भएर छिमेकी देशलाई गीत मार्फत सचेत गराएका हुन् ।

ज्ञानेन्द्र गदालले रचना गरेको यो गीतमा गायक यम बराल र रीता गुरागाईंको आवाज छ । नेपालका चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
राष्ट्रियसभाकी सांसद कोमल वली, पूर्व डिआइजी रमेश खरेलको समेत अभिनय रहेको गीतको भिडियोलाई संगीतकार चेतन सापकोटा आफैले तयार गरेका हुन् ।

मदन घिमिरेको छायाँकनमा तयार गीतको भिडियोमा हालसम्म सीमा अतिक्रमणका घटनाहरू जे–जति भएपनि सम्पूर्ण नेपाली मिलेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

‘हिमाल पहाड तराई मधेस सबै उठ्नुपर्छ,
देशको सीमा जोगाउन सबे जुट्नुपर्छ।
वषौंदेखि मिचिएको हाम्रो देशको माटो
एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ‘

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु