‘नेपाल आइडल’ को खुसी मनाउँदै गरेका रवि ओडको परिवारमा ठुलो बज्रपात, ४५ वर्षिय आमाको निधन !

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७५, बुधबार

कैलाली । दोस्रो ‘नेपाल आइडल’ रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ बर्षीया विष्णा ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

बिहान सात बजेतिर रविका कान्छा बुबाको घरमा रहेको नल्कामा पानीका लागि जाँदा चलाइएको मोटरको करेन्ट लागेको थियो ।

सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको पुष्टि गरे ।

रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ ।

विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।

तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।

आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।

रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो ।

‘नेपाल आइडल’ को उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ ।

प्रथम नेपाली गायिका मेलवा देवीको वास्तविकता यस्तो भेटियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु