चलचित्र ‘चौका दाउ’ को टोलि हेटौडामा !

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७५, बुधबार

चलचित्र ‘चौका दाउ’ को टोलि देश दौडाहाको क्रम्मा ३ नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसंग साक्षात्कार गर्दै चलचित्रले कमेडी कथा उठान गरेको बताईएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुणेन्द्र झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाईएको बताउनु भएको छ ।

काठमाण्डौ उपत्यका आसपासमा छायाँकन भएको ‘चौका दाउ’ मा करोड माथिको लगानि रहेको बताउदै चलचित्रले उठान गरेका बिषय बस्तु यर्थातपरक रहेको निर्देश्क झा ले बताए । उनले चलचित्रको गीत र टेलरबाट राम्रो प्रतिकृया आएको बताउदै चलचित्र हेर्दा कुनै बोर फिल नहुने बताए । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायिका वर्षा राउतले यस चलचित्रले समाजमा हास्यवंङय मार्फत सकारात्मक सुचना दिनेमा आफुले विश्वास लिएको बताईन ।

उनले सिनिएर कलाकारहरु संग काम गर्दा आफुलाई भाग्यमानी रहेको बताउदै चलचित्र राम्रो बनेको बताईन । आफु चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा रहेको बताउदै नजानेर गरीने गल्तीले भबिष्यमा आउने अप्ठयाराहरु संग गर्नुपर्ने सामाना चलचित्रमा रहेको बताईन । यस्तै कार्यक्रममा कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्बेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागी हिडेको बताउदै यस्ता टुर कार्यक्रमले प्रतयक्ष रुपमा आफुलाई पत्रकार र दर्शकहरु संग नजिक हुने वाताबरण बन्ने बताए । यो चलचित्र आगामी पौष २७ गते देखी प्रर्दशनमा आउने बताईएको छ ।

बितरकले चलचित्र लिन नमानेपछि कानुनी उपचार खोज्दै मोफसलका निर्माताहरु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु