
काठमाडौं । गायक निमा लामा पाख्रिनको ‘टुङ्ना र डम्फू’ बोलको गीत सार्वजनिक भएको छ । लामो समयदेखि गीतसंगीतमा सक्रिय रहेका गायक लामाको पछिल्लो गीत हो ‘टुङ्ना र डम्फू’ । यस गीतमा सन्देश लामाको शब्द तथा संगीत रहेको छ भने निमा लामा पाख्रिन र सशिकला मोक्तानको स्वर रहेको छ ।
‘टुङ्ना र डम्फू’ गीतको भिडियोमा आरम्भ तामाङ, केशाङ डोमा शेर्पा र निमा लामाको अभिनय रहेको छ । यस भिडियोका निर्देशन, छायांकन र सम्पादन कृष्ण ब्लोनले गरेका छन् । भिडियोलाई निमा लामा पाख्रिनको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गायक पाख्रिनको यसभन्दा अघि हिमाली खर्क, मनको कुरा, माया तिमीलाई, ओई साइली जस्ता दर्जनौं पप, लोक, सेलो गीतहरु बजारमा आइसकेका छन् ।