सविता र सरिताको अर्किड फेसन स्टुडियो सञ्चालनमा

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७९, आईतवार २१:२५

काठमाडौं । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सवितामहर्जन र सरिताश्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार पे्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे ।
फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले सहरमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गरे । ‘हामी फेसन क्षेत्रका व्यक्तिका लागि खुसीको कुरा हो’ उनले भने, ‘फेसन बजारमा यस्ता बुटिकहरु खोलिनुपर्छ ।’
उनले फेसन डिजाइनरद्वय सविता र सरितालाई बधाई दिँदै भने, ‘म उहाँलाई बधाई दिन चाहन्छु, आजदेखि पाटनमा नयाँ फेसन स्टुडियो थपिएको छ, जसले फेसन पारखीहरुको इच्छालाई पूरा गरोस् ।’ उनले नेपाली समाज फेसन कन्सस रहेको भन्दै डिजाइनरहरुको भविष्य उज्जल रहेको बताए ।
यस्तै, ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवालले भने फेसन बजारमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गर्दै डिजाइनरद्वयलाई बधाई दिए । उनले भने, ‘म पनि सुरुमा फेसन डिजाइनर नै हुँ । त्यसपछि मात्र फोटोग्राफर भएको हुँ ।’ फोटोग्राफी पनि फेसनसँगै जाडिएको पेसा भएको भन्दै उनले भने, ‘हाम्रो लागि यस्ता बुटिकहरु थपिएको राम्रो । म उहाँहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।’
सविता र सरिताले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेका हुन् । पाटनका स्थानीय सविता र सरिताले ‘अर्किड फेसन स्टुडियोलाई संयुक्त लगानी सञ्चालनमा ल्याएका हुन् ।
फेसन स्टुडियो उद्घाटनपछि उनीहरुले भने, ‘हामीले सँगै आईआईएफटीमा डिजाइनिङ सिकेका हौँ । अहिले कोर्ष पूरा गरेपछि मिलेरै फेसन स्टुडियो सञ्चालनमा ल्याएका हाँै ।’
सविताले भनिन्, ‘हामी ग्राहकको अर्डरअनुसार पहिरन तयार गर्नेछौँ । अरु बुटिकमा जस्तो पहिरन उपलब्ध हुन्छ, फेसन स्टुडियोले पनि त्यही सेवा उपलब्ध गर्नेछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26