तीजको मर्म र महत्वलाई जोगाउँन गीतमा नयाँ पूस्ताको सहभागिता

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०८०, शनिबार

काठमाडौं । नेपालीले मनाउने थुप्रै चाडपर्वमध्ये हरेक वर्ष भदौ शुक्ल तृतीयाका दिन विशेषत हिन्दू महिलाहरूले धुमधामका साथ मनाइने पर्व हो –तीज । अघिल्लो दिन खाएको दरको भरमा तीजमा व्रत बस्ने चलन थियो । तीजको दिनमा महिलाहरू रातो सारी, चुरा, पोते र गहना लगाएर तीजको भाकामा नाच्ने र गाउने गर्थे । पहिला तीज भन्‍नेबित्तिकै गाउँघरमा दुःखसुखका अनुभवलाई गीतको भाकामा आफूले पाएका वेदना पोखेर परिवारमा बसेर गाना–बजाना गर्दै मनाइन्थ्यो । पहिले गीतमा तीजको मौलिकता हुन्थ्यो ।

तर समाज परिवर्तनशील छ । मान्छेको जिउने तरिका पनि परक भएको छ । जिउने तरिका बदलिँदै जाँदा तीज मनाउने तरिका पनि परिवर्तन भएको छ । सार्वजनिक हुने गीतहरु पनि व्यवसायमुखी धेरै भएका छन् । यसरी नयाँ ढंगले तीज मनाइँदा र भड्किला गीतले स्थान पाइरहँदा नयाँ पुस्ताले तीजको मर्म र महत्वलाई नबुझ्लान् भन्ने भय पनि सिर्जना भएको छ ।
तर, यो भय मात्रै हो भन्न सकिन्छ किनभने नयाँ पुस्तासँग सहभागितामा एउता मौलिक तीज गीत सार्वजनिक भएको छ यतिबेला । उक्त सार्वजनिक नयाँ गीतको नाम हो ‘बालापनको तीज’ ।

तीजको मौलिकता र मर्मलाई जीवन्त बनाइएको सुमधुर स्वरकी धनी गायिका बबिना भट्टराईले सार्वजनिक गरेकी हुन् । बबिनाको मूल स्वर रहेको गीतमा सुप्रिमा जेसस, रोशिका दिप्साल, रितिसाको समूह गायन रहेको छ । गीतमा यी नव गायिकाहरुले बबिनासँग सवालको जवाफ दिएका छन् ।

भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बबिनाकै संगीत सुन्न सकिन्छ।

गुरुआमा र बालबालिकाको सम्वादको आधारमा लेखिएको गीतले बालबालिकालाई संस्कार सिकाउने भाव बोलेको छ । गुरुआमाको भेष अनि भावमा गायिका तथा संगीतकार बबिना भट्टराईको जीवन्त अभिनय रहेको छ भने स्वर र संगीतको बेजोड तारतम्यले गीत उत्कृष्ट बनेको छ ।

नृत्यमा संलग्न बाल कलाकारहरु इशा घमाल, सहिना लामा, स्वेजला महर्जन, ज्योति रानामगर, जेशिका रोक्का मगर, सुजाता थापा, सीमा तामाङ,सक्रिना श्रेष्ठ, आशा थापा, प्रशिद्धी भट्टराई, अनुजा भट्टराई, अरुणा तामाङ, श्रीषा थापामगर, वीना रानामगर अभिनय र को मेहनत र कुसल कलाले यसमा झनै सौन्दर्यता र मौलिकता थपेको छ ।

सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ।

केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु