ट्रेण्डिङको सिंढीमा उक्लदै पशुपतिको ‘लुट्न सके लुट, नेपालमै हो छुट’

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार

लोक तथा दोहोरी गायक पशुपति शर्मा समाजका विद्यमान कुरिती र समसामयिक घटनाका विषयलाई लिएर गीत गाउने गायक हुन् । उनले गाएका हरेक गीत नेपालका परिस्थितिसँग ठ्याक्कै मिल्दो हुन्छ । देशको समसामयिक परिस्थितीलाई टपक्कै टिपेर गीतमा उतार्न माहिर पशुपतिले यतिबेला आफ्नै शब्द, संगीत तथा स्वर रहेको व्यङ्ग्यात्मक गीत ‘लुट्न सके सके लुट, नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका छन् ।

नेपालको राजनीतिलाई फोहोरी बनाएर आफु मात्र मोटाउने काम गरेकोमा खोक्रो राष्ट्रवाद भएका नेता प्रति आक्रोशित भएका छन् । देश बनाउनु पर्ने र जनतालाई सुविधा सम्पपन्न बनाउनु पर्ने ठाउँमा राजनीतिबाट दुःख कष्ट मात्रै पाएको तितो यथार्थ ओकल्दै उनले गीतमा व्यंग्य गरेका छन् ।
गीत सार्वजनिक भएसँगै गीतको शब्द संगीत र स्वरको समेत सकारात्मक चर्चा भइरहेको छ । गीत ट्रेण्डिङको सिंढी उक्लदो क्रममा छ । केहि घण्टा अघि १३ औं स्थानमा रहेको गीत यो समाचार तयार पार्दाको समयमा ११ औं स्थानमा पर्न सफल भएको छ । यस कारण पनि गीत ट्रेण्डिङको शिर्ष स्थानमा पर्ने सम्भावना निकै रहेको छ ।

पशुपति शर्माकै युट्युव च्यानलमा सार्वजनिक गरिएको ‘लुट्न सके सके लुट, नेपालमै हो छुट’ गीतलाई कमेन्ट पनि सकारात्मक मिलेको छ । गीतको भ्युज लाइक र कमेन्टका कारण पनि यो गीतलाई नेपालीले रुचाएको गीत भन्न सकिन्छ ।

गीतमा – डिग्री पढेका युवाको हातमा जागिर छैन । काम पाइहाले पनि हातमुख जोर्नै धौधौ छ । साहुले काम गरेको पनि तलब दिँदैनन् । यता सरकारी शिक्षकका छोराछोरी बोर्डिङमा पढिरहेका छन् । सरकारी कोटामा जागिर खाएका डाक्टरहरु बिरामीलाई क्लिनिकतिर तानिरहेका छन् । सुब्बामा जागिर खाएकोले २ वर्षमै घर ठड्याएका छन् । वाइडवडी जहाजमा भएको भ्रष्टाचारको कुरादेखि सुनकाण्डसम्मका कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् । त्यस्तै सडकमा ट्राफिक लाइट अस्तव्यस्त रहेकोदेखि टेण्डर लिएर बीचमै काम छाड्ने ठेकेदारलाई पनि गीतमार्फत् व्यङ्ग्य गरेका छन् ।
नेताहरुले ठूलाठूला कुरा गर्ने काम नगर्ने गर्दा देशको विकास हुन् नसकेको गीतमा उतारिएको छ । भिडियोमा पशुपति शर्मा, मञ्जु विक, प्रज्वल भण्डारी लगायतको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशनमा बनेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

 

यो पनि पढ्नुहोस्

गायक पशुपति शर्माको बाल्यकाल, संघर्ष र सफलता

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु