फापेको सहकार्य पशुपति-सम्झना : ‘सारङ्गी ¥याइँ ¥याइँ’ ट्रेण्डिङको शिर्ष स्थानमा, टिकटकमा हिट

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार
pashupati-sharma-samjhana-bhandai

काठमाडौं । सांगीतिक क्षेत्रमा पनि सहकार्य गरेर अघि बढ्ने कलाकार धेरै छन् । कतिलाई एकैपटकको सहकार्य फापेपछि निरन्तर सँगसँगै अघि बढेको पाइन्छ । कतिले भने खासै नजमेपछि सहकार्यको सम्बन्ध टुङ्ग्याएका पनि छन् । यस्तै लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्य सांगीतिक क्षेत्रमा फापेको छ । उनीहरुले सार्वजनिक गरेका प्राय सबै गीत लोकप्रिय बन्ने गरेका छन् । सहकार्यकै क्रममा गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको पछिल्लो सांगीतिक कोशेली हो – ‘सारङ्गी ¥याइँ ¥याइँ भयो जीवन तिरिमिरी झ्याइँ’।

अघिल्ला सहकार्य जस्तै यो गीत पनि सार्वजनिक भए लगतै दर्शकमाझ लोकप्रिय बनेको छ । एकातिर कोरोना भाइरसको महामारीले जनताहरु त्रसित बनिरहेको अवस्थामा यो गीतले सबै जनजीवन नै तिरीमिरी झ्याइँ बनाइरहेको छ भने सोही अवस्थामा बजारमा आएको यो गीतले पनि सबैको मन जित्न सफल भएको छ । निराश जनजिवन भइरहेका बेलामा यो गीतले केही हदसम्म श्रोतालाई रोमाञ्चिन बनाएको छ । यस गीतले पछिल्लो समय सामाजिक सञ्जालमा कब्जा नै गरेको छ । विशेषत टिकटकमा सबैभन्दा बढीले यस गीतलाई प्रयोग गरेका छन् । यो समाचार तयार पारिरहँदाको समयमा गीतले युटुबमा २२ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । योसँगै गीत युटुबको म्युजिक श्रेणीअन्तर्गत लामो समयदेखि ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । मे ७ मा यूट्यूबमा सार्वजनिक भएको यो गीत एक हप्ताभित्रमा नम्बर १ मा आइपुग्न सफल भएको थियो । मे १५ देखि यूट्यूबको ट्रेन्डिङ नम्बर १ मा प्रवेश गर्दा १ मिलियन ४ लाख भन्दा बढी दर्शकको माया पाएको थियो ।

गायक शर्माकै शब्द, संगीतमा रहेको यस गीतमा गायिका सम्झना भण्डारी र पशुपति शर्माको स्वर रहेको छ । यस गीतको संगीत संयोजन भने सुनिल परियारले गरेका छन् । लकडाउनको सुरुवातसँगै सार्वजनिक भएको यो गीतले सबैभन्दा बढी दर्शकको मन जित्न सफल भएको छ । गीतमा युवा युवतीको विहे गर्ने समयको मनको भावलाई प्रस्तुत गरिएको छ । गाउँले जनजीवनको भाका र शब्दको मर्मअनुसार गीतले मन छुन सफल बनेको हो । गायक पुशपति शर्माको विशेषता नै सुन्दा ठट्यौली, बुझ्दा सामाजिक जनजीवनका शब्द, देश परिवेशअनुसार आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएको गायकका रुपमा नै परिचित छ ।

यस गीतको म्यूजिक भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्यमा यसअघि स्याङ्जा जाने बाटैमा तनहुँ , कान्छि बुहारी, मेरो माया बसेको ठाउँमा बत्ति बाल्न पर्दैन त्यो गाउँमा लगायतका गीतहरुलाई दर्शक श्रोताले रुचाइदिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु