• ‘नेपाल आइडल’लाई पछि पार्दै ‘द भ्वाइस अफ नेपाल’, युट्युवमा पनि ट्रेडिङ १ मा ! (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

    भाद्र १२, काठमाडौं । संगीतसम्बन्धीको पछिल्लो टेलिभिजन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’लाई दर्शकले निकै रुचाएका छन् । ‘द भ्वाइस अफ नेपाल’को पहिलो भाग युटयुब नेपालको ट्रेन्डिङ सूचीमा पर्न थालेको छ । यसै साता सुरु भएको सो सोमबार ट्रेन्डिङको पहिलो नम्बरमा देखियो । कान्तिपुर टीभीमा आउने कार्यक्रमलाई लिएर युटयुब प्रयोगकर्ताले उत्साह जनाएका छन् ।

    ‘द भ्वाइस अफ नेपाल’ले अघिल्लो वर्षदेखि शुरु भएको र नेपालमै सार्वाधिक चर्चित बनेको ‘नेपाल आइडल’लाईसमेत पछि पारेको देखिएको छ । अहिले नेपाल आइडलको सिजन २ चलिरहेको छ । ‘द भ्वाइस अफ नेपाल’ र नेपाल आइडल दुबै गायन रियालिटी शो हुन् ।

    विशवमै चर्चित गायन रियालिटी शोको रुपमा चर्चित यी कार्यक्रमको फ्रेन्चाइजीको रुपमा ‘नेपाल आइडल’ एपीवान टेलिभिजन र ‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर एचडी टेलिभिजनले प्रसारण गर्दै आएका छन् ।

    नेपाल आइडलमा न्यूँह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा जजका रुपमा रहेका छन् भने ‘द भ्वाइस अफ नेपाल’ मा दीप, श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा जजका रुपमा रहेका छन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु