प्रकाश भट्टकै कारण म बाँचेको छु

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७१, शनिबार

विजय थापा पछिल्लो समयमा चल्तीका मोडल हुन् । लोकदोहोरीको क्षेत्रमा उत्कृष्ट पाँच भित्र पर्ने मोडल विजय थापा आफ्नो जन्मथलो गोर्खाको ताकुबाट कलाकार बन्नकै लागि काठमाडौंलाई कर्मथलो बताइरहेका छन् । विजय थापाले २०५३ सालदेखि गरेको संघर्षमा निर्देशक प्रकाश भट्टको ठूलो हात रहेको उनी भुल्दैनन् । प्रकाश भट्टकै कारण आफू बाँचेको बताउने विजय थापासँग म्यूजिक खबर डटकमका लागि नारायण ढकालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

हिजोआज के मा व्यस्त हुनुहुन्छ  ?
विशेषत हिजोआज स्टेज प्रोग्राम, सुटिङ, म्यूजिक भिडियो निर्देशनको काममा व्यस्त छु । यतिबेला तिजको गीतहरुमा व्यस्त भएको छु । दिनदिनै म्यूजिक भिडियोमा अभिनय, निर्देशन गर्ने कामले झन् व्यस्त बनाएको छ ।
विजय थापालाई दर्शकले कुन रुपमा चिन्नुहुन्छ ?
मलाई सबैले एउटा कलाकारको रुपमा चिन्छन् । म लोकदोहोरी क्षेत्रको कलाकार हुँ, यसै क्षेत्रमा समर्पित छु र सधैं यही क्षेत्रमा रहन्छु । त्यसकारण पनि म एउटा कलाकार हुँ भनेर दर्शकलाई चिनाउन चाहन्छु ।
कसकारे प्रेरणाबाट कलाकारिता क्षेत्रमा लाग्नुभएको हो ?
मेरो बुवा आमा कलाकारिता क्षेत्रको ठूलो  ङ्खयान हुनुहुन्छ । म विशेषत मेरो बुवा दोहोरीको ठूलो ङ्खयान हुनुहुन्छ, फेरी मेरो जन्मस्थान गोर्खा ताकुतिर धेरै लोकदोहोरीकै माहौल छ । बुवाको कारण पनि दोहोरी क्षेत्रमा एउटा कलाकार हुने रहर बस्यो र कलाकार बन्छु भन्ने ठूलो भूत चढ्यो । स्कुल पढ्दा पनि खाजा खर्च जोगाएर मुभीहरु हेर्थे । कहिलेकाँही त बाबालाई फकाएर केही पैसा उम्काउथें र विभिन्न बाहाना गरेर मुभि हेर्न जान्थे । मुभि हरेर फर्केपछि यसको नक्कल गर्न अत्यन्त रुची राख्थे । नक्कलसँगै नृत्य पनि गर्थे । मभन्दा सिनियर दाईहरुले मलाई जहिले नाच्न लागाउनु हुन्थ्यो र नाचे वापत ५÷१० रुपैंया दिनुहुन्थ्यो । मेरो जीवनमा कलाकार बन्नको लागि सबै भन्दा ठैलो प्रेरणको श्रोत भनेकै यही थियो ।

bijay thapa
कलाकारिता यात्रा कहिलेदेखि सुरु भयो नि  ?
कलाकारितामा २०५३÷५४ देखि संघर्षका जीवनयात्रा शुरु भयो । विजय थापा नाम कमाउन साँच्चै सोचेभन्दा निकै संघर्ष गर्नु प¥यो । सुरुमा कोरस डान्सको रुपमा काम गरे । मलाई कलाकारितामा पहिलो अवसर भने शिव विकद्वारा निर्देशित राम चन्द्र काङ्खलेको त्यो मनले यो मनलाई छुन्न र बद्रि पंगेनीको फोटो फिर्ता लेऊबाट सुरु भएको हो । त्यसपछि निरन्तर चलिरेहको छ मेरो कलाकारिता यात्रा ।
अहिले त तपाईं दर्शकको मनमा छाउन सफल हुनुभएको छ नि  ?
सवंप्रथम मेरो गडफादर निर्देशक प्रकाश भट्टलाई यसको श्रेय जान्छ । कलाकारितामा मैले जति संघर्ष गरे पनि मेरो सफल यात्रामा भने प्रकाश भट्टको ठूलो हात रहेको छ । यदि उहाँ नभएको भए आज म यो स्थानसम्म रहन सक्दिन थिएँ । मलाई सधैं सपोर्ट गर्ने आशिष म्यूजिकलाई पनि म कहिल्यै भूल्न सक्दिनँ । अहिले म कलाकारिताको यात्रामा सफल श्रेणीमा छु त्यसैले पनि दर्शकहरुको माझ छाउन सफल भएको छु । वास्तवमा भन्नु पर्दा जव मेरो जिम्मा प्रकाश भट्टले लिएर मिडियामा मलाई प्रस्तुत गर्नु भयो ममा पनि केहि क्षमता रहेर वा मलाई भाग्यले साथ दियो त्यस पहि विस्तारै विस्तारै म्यूजिक भिडियोहरु, प्रोग्रामहरुमा दिनहँु जस्तो व्यस्त हुन थाले । अहिले सम्म प्रकाश भट्ट   कै कारण म बाँचेको छु जस्तो लाग्छ ।
तपाईंसँग क्षमता छ, अहिलेसम्म चलचित्रको नायक बन्ने सोच आएन ?
म राम्रो अभिनय गर्न पनि सक्छु र आफुले सकेको क्षमता अनुसारको अभिनय गरी नाच्न पनि सक्छु । मेरो नृत्य दर्शकले राम्रै मन पराउनु भएको छ । फिल्महरु खेल्न अफर थुप्रै आएको थियो तर दोहोरी छोड्नु पर्ने शर्तमा तर त्यो शर्त मेरो लागि मान्य छैन । मलाई जुन क्षेत्रले विजय थापा भनेर चिनाएको छ त्यो क्षेत्रलाई छाडेर चलचित्रमा जाने मेरो सोच नै भएन ।
कलाकार भएपछि त सबै क्षेत्रमा अभिनय गर्नुपर्ने, तर दोहोरीका कलाकार किन हेपिन्छन् ?
मेरो मान्यता पनि यही हो कि एउटा कलाकार भएपछि यो वा त्यो भन्न हँुदैंन । कलाकार भएपछि जुनसुकै भुमिका निभाउन सक्नुपर्दछ । लोक दोहोरी गीत हेपिएको छैन, यो फिल्डको मान्छेहरुले  म कुन ठाँउको मान्छे हो भन्ने नबुझेको मात्र हो । नेपालीको पहिचान भनेको लोकगीत संगीत हो । लोकसंगीत बिना नेपालीले कुनै पनि कलासंस्कृतिको पहिचान दिलाउन सक्दैन । वास्तवमा जसले दोहोरीलाई हेप्छ त्यो व्यक्ति आफैंमा हेपिएको हुन्छ । मैले पनि दोहोरीलाई टाढा सम्झने व्यक्तिहरुले अफर गरेको कारण फिल्म खेलिनँ र दोहोरीबाट नै देशको निम्ती केहि गर्छु र आफु पनि दोहोरीबाट नै देशमा चिनिन चाहन्छु । नेपालको पहिचानको निम्ता निरन्तर प्रयास गरिरहन्छु ।

parwati-bijaya

लोकदोहोरीमा त थुप्रै विकृति भित्रिएको छ नि होइन र ?
विकाससँगै विनाश त पक्कै हुन्छ नि । जीवन यात्रा गर्दा कहिले सहज बाटो आउँछ त कहिले असहज परिस्थिति पनि आउँछ । सर्जकहरु गीत संगीतले बाँच्न सक्ने अवस्था रह्यो र अलि रमाइलो पाराको गीत संगीत वजारमा ल्याइयो भने स्टेज कार्यक्रमले कलाकार व्यस्त हुन्छ । उसको आर्थिक अवस्था नै उच्च हुन आउँछ । अहिले गीत संगीतले कोल्टे फेरेको हो ।
तपाई मोडल मात्र नभइ निर्देशक पनि हुनुहुन्छ, निर्देशकहरुले लोक गितको म्युजिक भिडियो तयार किन पश्चिमा संस्कृतिको ड्रेसअप गर्नुहुन्छ ?
यो हाम्रो वाध्यता हो । पुरै गुनियो चोलीमा नाच्यो भने लगानीकर्ताको लगानी आउने बाटो पनि बन्द हुन्छ । अलि रोमान्टिक भिडियो भयो भने यूट्यूबमा बढि दर्शकहरु हुन्छ र यो  सर्जको आम्दानीको श्रोत हो । त्यसको लागि पनि अलिकति चेन्ज गरेको हो । पुरै लोकगीतलाई बिगारेको भने होइन ।
संगीत के हो त ?
म भन्छु संगीत जीवन बाच्ने एउटा आधारभुत आवश्यकता हो । संगीत जस्ले मानिसलाई दुख पीडाको अनुभुति हुन दिदैंन । मेरो जीवनमा मेरो गहना भनेको संगीत नै हो, संगीत बिना म अपूर्ण छु ।
यदि संगीतबाट विजय थापा अलगिनुपर्ने दिन आयो भने नि ?
संगीतबाट विजय थापा तब अलगिन्छ जब विजय थापा यो संसारबाट बिदा हुन्छ । अझ मेरो कल्पना त म यो संसारबाट बिदा भए भने पनि संगीतलाई आफुसंगै लिएर जाने छु जसको मद्दतले म अर्को जुनी लिएछु भने पनि संगीत कै क्षेत्रमा बस्न र रमाउन पाँउ ।
गीत संगीतको बजार अहिले कस्तो देख्नुभएको छ  ?
गीत संगीतको बजार खस्किँदो अवस्थामा छ, यसलाई उठाउन निकै मिहिनेत गर्नुपर्नेछ । सर्जकहरु बाँच्न सक्ने अवस्था पनि कमै छ । सरकारले पनि नेपाली गीत संगीतमा चासो राख्नुपर्ने स्थिति छ ।

prakash_bijay

चोरी पाइरेसीले बजार खस्कियो भनिन्छ, कसरी रोक्ने त चोरा पाइरेसी ?
हो अहिले गीतसंगीतको बजारमा चोरी पाइरेसी बढेकै कारण बजार अन्यौलग्रस्त छ । यसलाई रोक्नका लागि एक जनाले मात्र गरेर सम्भव हुदैंन, सबै जना मिलेर संगीतको बजारलाई व्यवस्थापन  गर्न सकियो भने  र सरकारको पनि साथ रह्यो भने चोरी पाइरेसीजस्ता विकृतिलाई नियन्त्रणमा ल्याउन सकिने थियो ।
यस्तो ह्याण्डसम मान्छेको मायाप्रिति चाही के कस्तो चलिरहेको छ नि ?
अहिलेको स्थितिमा मलाई सवैभन्दा बढी माया गर्ने भनेको गीत संगीत नै हो साथै मेरो घर परिवार अनि मलाई माया गर्ने र यो स्थानसम्म पु¥याउने मेरो सम्पूर्ण दर्शकहरुसँग नै मेरो गहिरो प्रेम छ जसको प्रेमको कारण आज म यहाँ छु ।
आफ्नो प्रेमिका चाँही ?
हा…….हा…….हा…… आजकालको जमानामा पे्रमिका नहुने कुरै भएन र अहिले सम्मको स्थितिमा एउटा पे्रमिका भएन भने त नामर्द नै भइयो नि होइन र ?
बाहिर दर्शक माझ पनि चिनाउने हो कि ?
हा……हा…..हा….. सायदै मेरो प्रेमिकाको नाम सुन्नु भएकै होला उनी पनि चलचित्र क्षेत्रकै हुन् । उनको नाम सन्जु हो उनले हालसम्म आधा दर्जन भन्दा बढी चलचित्रहरुमा काम गरिसकेकी छन् ।
दुवै जना कलाकारिता क्षेत्रमा हुनुहुन्छ, मिस अन्डरस्याट्यान्डिङ हुँदैन ?
दुवै जना कलाकारिता क्षेत्रको भएकोले एउटाको कामको मनन गर्ने क्षमता हामी दुवै जनामा छ । आङ्खनो कामलाई पनि राम्रोसँग बुझेका छौं, यस्तो लाग्छ कि यदि चलचित्रभन्दा बाहिरको कोहि भएको भए सम्झाउन गाह्रो पथ्र्यो । हामी दुई जनामा हर्ट टु हर्ट कनेक्सन छ ।

यो तपाईंको पहिलो नै लभ हो र ?
लभ त कति गरियो गरियो नि । कलेज पढ्दा थुप्रै आउँथ्यो कसरी नकार्न सकिन्छ र टीन एज भनेको लभ हो जस्तो लाग्छ । फरक यति मात्र हो कि त्यो समयमा मायाको अर्थ नबुझि आकर्षण र टाइम पास गरिन्छ भने अहिलेको अवस्थामा सबै कुरा बुझेर भविश्यको लागि माया गरिन्छ । अहिले मेरो सन्जुसँगको प्रेम भनेको भविश्य हो ।
तपाईंलाई कसैले मोड्न चाह्यो भने कहाँ भेट्न सकिन्छ ?
म एउटा कलाकार हुँ । तपाईंहरु कसैले भेट्न चाहेमा मेरो सामाखुसी रानीवारीमा रहेको स्टार कलिउडमा भेट्न सक्नुहुनेछ ।
तपाईका रेट कति त ?
वास्तवमा म दामको लागि भन्दा नी नामको लागि काम गर्ने मान्छे । तर नाम मात्रैले कलाकारिताको जीवन बाँच्न सकिँदैन पनि । त्यसैले बाँच्नका लागि पुग्ने रकम लिने गरेको छु । एउटा म्यूजिक भिडियोमा १५ हजार देखि माथि लिने गरेको छु भने स्टेज कार्यक्रममा ३० हजारभन्दा माथि लिने गरेको छु ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु