• ‘बोलमाया’ गाउँदा किन भयो प्रकाशमाथि बोतल प्रहार ?

    म्यूजिक खबर
    प्रकाशित: ११ असार २०८०, सोमबार

    काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।

    गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो । प्रस्तुतिकै क्रममा बोतल लागेको भिडियो अहिले टिकटक, ट्विटर जस्ता सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    सपुतले ‘बोलमाया’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको आयोजकका एक प्रतिनिधीले बताए ।

    सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए ।

    प्रहार पछि प्रकाशले ‘उहाँलाई केही नगर्नु, प्रस्तुतिपछि उहाँलाई म भेट्ने छु । कुरा गर्नुेछु भनेर माफी दिएका थिए ।

    यद्यपी आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । कुनै प्रहरी कारबाही गरिएको छैन । उक्त व्यक्तिले कुनै रिसिवी अथवा घृणाले प्रहार गरेको पाइएन । क्यान वियरको नशा र प्रस्तुतिमा रमाइरहँदा उत्तेजित भई बोतल फ्याक्ने क्रममा बोतल गायक सपुतसम्म पुगेको बुझियो । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन् ।

    एक जना कलाकारमाथि प्रस्तुतिकै क्रममा आक्रमण हुनु अत्यन्तै निन्दनीय हो भन्दै अहिले चर्को सामाजिक सञ्जालमा आवाज उठीरहेको छ । भलै प्रकाशले माफी दिएता पनि कारबाही हुनु पर्ने भनेर धेरैले आफ्नो विचार लेखिरहेका छन् ।

    उनी गायिका प्रिती आलेसँगै ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु