• सामना शाहको शब्दमा गाए नेत्र र पूर्णकलाले ‘आँसुको वर्षात्’

    म्यूजिक खबर
    प्रकाशित: १७ माघ २०८०, बुधबार
    Purnakala BC_Netra Bhandari_Samana Shah

    काठमाडौं । गीतकार सामना शाहको शब्द सिर्जनामा नयाँ गीत ‘आँसुको वर्षात्’ सार्वजनिक भएको छ । गीतकार शाहको शब्दलाई नेत्र भण्डारीले संगीत भरेका छन् । ‘आँसुको वर्षात्’लाई गायक नेत्र भण्डारी र गायिका पूर्णकला बिसीले स्वर दिएका छन् । ‘आँसुको वर्षात्’को संगीत संयोजन भने पछिल्लो समयका लोकप्रिय संगीत संयोजक विश्वास नेपालले गरेका छन् ।
    ‘आँसुको वर्षात्’को भिडियोमा विक्रम बुढाथोकी, सरस्वती खत्री र उमेश लम्सालले अभिनय गरेका छन् । सिर्जन बरालले निर्देशन गरेको भिडियोलाई राम केसीले छायाँकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियोलाई सामना म्यूजिक क्रियशनको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु