• ‘मै नाचीदिन्छु’मा पुष्प र कविताको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: १६ असार २०८०, शनिबार

    काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ ।
    डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ ।

    गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ ।
    जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन् । गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ ।
    गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार खरेलले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु