सधैं रुहाउँछन् पुष्कल, फेरि गाए कुशलसँग मार्मिक गीत ‘दाजुभाइ’ (भिडियो ट्रेण्डिङमा)

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय सांगीतिक बजारमा दशैं विशेष गीतहरुले प्राथमिकता पाएका छन् । यसै क्रममा लोकप्रिय गायक पुस्कल शर्मा र कुशल बेलबासेको स्वर रहेको दशैं विशेष गीत ‘दाजुभाई’ सार्वजनिक भएको छ ।

दाजु बैदेशीक रोजगारीमा गएको र भाई घरमै रहेर दाजुलाई सम्झिएको कथामा रहेको यो गीतमा शब्द तथा संगीत पुस्कलकै रहेको छ ।
गीत सार्वजनिक भएलगतै निकै चर्चा कमाउन सफल भएको छ । गीत यतिबेला युट्युब ट्रेण्डिङमा समेत रहेको छ ।

१० लाख बढी भ्युज पाएको गीतमा ८ हजार बढीले कमेन्ट गरेका छन् । गीतको सबै पक्षलाई दर्शकले मन पराएता पनि अधिकांश कमेन्टमा गीतको स्वर, संगीत र शब्दको तारिफ गरिएको छ ।

भिडियोमा पुस्कलसँगै हिउँवाला गौतम, अन्जली अधिकारी र सुरज घिमिरेको अभिनय रहेको छ । भिडियोको निर्देशन समेत पुस्कल आफैले गरेका हुन् । सुरेश श्रेष्ठले खिचेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन् ।

गीत मार्मिक रहेको छ । जेठो छोरा बिदेशमा रहँदा आमा र घरपरिवारलाई सम्झेर लेखेको चिठीलाई गीतमा उतारिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु