क्वान्टिटी भन्दा क्वालिटीमा ध्यान पू¥याउने गायक पुष्कलको सबिसँग प्रेम समर्पण

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७८, बुधबार

काठमाडौं । सांगीतिक क्षेत्रमा रुचाइएका गायक हुन् –पुस्कल शर्मा । उनले अहिले सम्म सयौं गीतहरुमा आवाज दीईसकेका छन् भने अभिनय पनि धेरै गीतहरुमा गरेका छन् । उनले सार्वजनिक गरेका अधिकांश सिर्जनाहरु दर्शक श्रोताको मनमुटुमा बस्न सफल भएका छन् । सबैजसो सिर्जनाहरु स्तरीय सावित भएका छन् । उनको करिअरलाई नियाल्ने हो भलै समयको ग्याप राख्लान् तर स्तरियता कायम राख्ने गायकका रुपमा समेत चिनिएका छन् । यसैले उनलाई क्वान्टीटी भन्दा क्वालीटिमा ध्यान पू¥याउने गायक भन्दा अतीयुक्ति नहोला ।

यतिबेला उनै पुष्कल नयाँ गीत ‘तिम्रो थर, मेरो थर’ लिएर दर्शक श्रोतामाझ आएका छन् । अघिल्ला गीतहरु जस्तै यो गीतलाई पनि दर्शक श्रोताले मन पराइदिएका छन् ।

गीतमा गायक पुष्कल शर्मालाई गायिका शान्ति श्री परियारले स्वरमा साथ दिएकी छिन् ।
गीतमा शब्द र संगीत पुष्कलको नै रहेको छ ।
गीतको भिडियोमा समेत स्वयम् पुष्कलले अभिनय गरेका छन् भने पुष्कललाई सबि शर्माले साथ दिएकी छिन् । भिडियोको कथा र निर्देशन समेत पुष्कलले नै गरेका हुन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिकसँगै गीतले युट्युवमा ट्रेण्डिङको यात्रा शुरु गरेको हो । यो समाचार तयार पारिरहेको समयमा गीत टे«ेण्डिङको पाचौं स्थानमा आउन सफल भएको छ । गीत ट्रेण्डिङ यात्रा उकालो चढिरहेको छ । समालोचक र संगीतकर्मीहरुले गीतले पहिलो स्थान ओगट्ने विश्वास लिएका छन् ।

युट्युवमा आएका सबैजसो प्रतिक्रियामा गीतको शब्द, संगीत, स्वरसँगै समग्र भिडियोको तारिफ गरिएको छ ।
उक्त गीतलाई पुस्कल शर्माको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको गीतले पछिल्लो समयको लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा समेत उतिकै लोकप्रिय बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु