‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपालमा उत्साहित

म्यूजिक खबर
प्रकाशित: २३ असार २०८३, मंगलवार २२:२०

काठमाडौं । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित आयोजना गरिएको ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ ‘PWXM: Wrestle Castle’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजित कार्यक्रममा उल्लेख्य दर्शक उपस्थितिका बीच अन्तर्राष्ट्रिय स्तरका रेस्लिङ प्रतिस्पर्धा तथा सांगीतिक प्रस्तुति सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाल आएका विश्व प्रसिद्ध जापानी रेस्लिङ लेजेन्ड तथा WWE Hall of Famer तात्सुमी फुजिनामीसहित जापानका अन्य व्यावसायिक रेस्लरहरूले नेपाली दर्शकबाट पाएको माया र समर्थनप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले नेपालको रेस्लिङप्रतिको उत्साह देखेर प्रभावित भएको बताउँदै भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममार्फत सहकार्य गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा जापानबाट आएका लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवालगायतका रेस्लरहरूले नेपाली खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै दर्शकलाई रोमाञ्चक अनुभव प्रदान गरे। नेपाली टोलीको नेतृत्व बुलेट फ्लो (थापाकाजी) ले गरेका थिए भने जोन ब्रीज र लिजार्ड किङ्गलगायतका रेस्लरहरूको प्रदर्शनले पनि दर्शकको उच्च प्रशंसा बटुल्यो।

रेस्लिङसँगै चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। हलभरि उपस्थित दर्शकहरूको उत्साह, समर्थन र सहभागिताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

पिग ई प्रोडक्सनको प्रस्तुति तथा नखिपोट युथ क्लबको सह–आयोजनामा सम्पन्न कार्यक्रमका निर्देशक तकाशी ताकेइ (टक बिष्ट) ले कार्यक्रमको सफलताले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक रेस्लिङ आयोजनाको सम्भावना अझ बलियो भएको बताए।

आयोजकका अनुसार ‘PWXM: Wrestle Castle’ ले नेपाल र जापानबीच खेल तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26