अनेसासको केन्द्रीय अध्यक्षमा लेकाली विजयी

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार

काठमाडौं । विभिन्न देशमा रहेका नेपाली साहित्यकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अन्तर्राष्ट्रिय अध्यक्षमा राधेश्याम लेकाली विजयी भएका छन् । विश्वका ६० भन्दा बढी मुलुकमा सञ्जाल रहेको अनेसासको केन्द्रीय अध्यक्षमा लेकाली विजयी भएका हुन् ।
अनलाइनमार्फत भएको निर्वाचनमा आफ्ना प्रत्यासी गोवर्धन पुजालाई पछि पार्दै लेकाली अध्यक्षमा चयन भएका हुन् । शनिबार राति सम्पन्न निर्वाचनमा अध्यक्षका विजेता लेकालीले ५७० र उनका प्रत्यासी गोवर्धन पुजाले ३५९ मत प्राप्त गरे । यसअघि लेकाली अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा अनेसास नेपाल राखाका अध्यक्ष थिए ।

यस्तै अनेसासको अन्तर्राष्ट्रिय तथा केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । उपाध्यक्षतर्फ शान्तिराम ढकाल (अमेरिका), निशा अर्याल एसिया, भीमसेन सापकोटा ९अस्ट्रेलिया०, सुनिल संगम ९युरोप० चयन भएका छन् ।
अनेसासको अन्तर्राष्ट्रिय महासचिवमा गणेश घिमिरे, सचिवमा लालगोपाल सुवेदी विजयी भएका छन् । अनेसासको केन्द्रीय कोषाध्यमा विकास विष्ट चयन भएका छन् ।

 

यस्तै अनेसारको केन्द्रीय कार्यसमिति सदस्यमा सानु घिमिरे, लक्ष्मी राई र अग्निप्रसाद पराजुली विजय भएका छन् ।
नेपाल शाखाबाट उठेका राधेश्याम लेकाली अनेसासका केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । उनले राजधानीसँग सोमबार भने, ‘चुनावमा प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, अब म सबैलाई मिलाएर अनेसासलाई अघि बढाउँछु । नेपाली साहित्यलाई नेपालसहित डायस्पोरामा फिजाउँदै विश्वमा हाम्रो साहित्यको विकास एवं विस्तार गर्नु समाजको उद्देश्य रहेकाले सो उद्देश्यलाई अझ सार्थक तुल्याउनु मेरो दायित्व रहनेछ ।’ दुई वर्षका लागि चयन भएका लेकालीले अनेसासलाई अझ धेरै देशमा फैल्याएर विश्वभरका नेपाली साहित्यकारलाई समाजमार्फत एउटै सुत्रमा बाँध्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु