• कलियुगका केटीको साथमा देखिए गायक कार्की (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७५, आईतवार

    राजु बोहरा
    काठमाडौँ । नेपालको परदेश नम्बर ३ रामेछाप जिल्लाको सान बन्दै राष्ट्रको अमुल्य सम्पति, कलाकार रामकुमार कार्कीले फेरी अर्को निकै मन छुने गीत बजारमा लिएर आएका छन् । भेगिए हिसाबले पुर्ब पश्चिम उत्तर दक्षिणका गीतहरु बजारमा छरपष्ट रहेको बेला उनले आफ्नो पछिल्लो सांगीतिक कोसेली चौतर्फी रुपमा रुचाइने किसिमको तयार पारेका छन् । सन्तोस पौडेलको लय शब्द बाट सुसजित उक्त गीत ‘कलियुगका केटी’ नाममा रहेको छ ।

    प्रस्तुत गीतले पछिल्लो समय नेपाली समाजमा चलेको फेसनलाई व्यंगिय गरेको छ । रमाइलो ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । करिश्मा ढकाल, सन्जिब ठकुरी, सुरब, अर्बिना, शम्भु र राजकुमार को जिबन्त अभिनय देख्न सकिन्छ । रामकुमार कार्की र सिता थापा द्वारा स्वर बद्ध ‘कलियुगका केटी’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन बिनोद बमले गरेका छन् ।


    गायिका मिलन अमात्यले ल्याइन् ‘मिलनयात्रा’, कस्तो होला ‘मन रेशम’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु