१५ वर्षकी छोरीलाई बेहुली बनाउँदाको अनुभव यस्तो छ

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७७, सोमबार

काठमाडौं । लोकप्रिय गायक रमेशराज भट्टराई पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका गायक हुन् । ‘बहुला’ गीत बजारमा ल्याएपछि उनको गायनको चर्चाले शिखर चुम्न पुग्यो । लामो समयसम्म गायन क्षेत्रमा क्रियाशील रहँदा रहँदै पनि धेरै पछि चर्चाको शिखरमा पुगेका उनी त्यसपछि निरन्तर चर्चाकै शिखरमा छन् ।

गायक रमेशराज भट्टराईले बजारमा ल्याएको पछिल्लो गीत हो ‘राजा’ । बहुला–३ राजा नाम दिइएको यो गीत बहुला गीतको सिक्वेलका रुपमा बजारमा आएको हो । यस गीतबाट आफ्नी छोरी सुप्रिमा भट्टराईलाई अभिनयमा डेब्यू समेत गराएका छन् । दुर्गेश थापासँगको केमेष्ट्रिमा छोरीलाई अभिनय गराएका उनले बहुला–३ (राजा)मा शब्द, संगीत र स्वर दिएका छन् । यस गीतको परिकल्पना भने मनोज डुम्रेको रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायाँकन रहेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु