आधुनिक गीत प्रतियोगितामा शंकर र रमेश उत्कृष्ट संगीतकार र गीतकार घोषित

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७७, शनिबार

काठमाडौं । रेडियो नेपालद्वारा आयोजित २०७७ सालको ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’मा संगीतकार शंकर थापा ‘स्माइल’ उत्कृष्ट संगीतकार घोषित भए भने गीतकार रमेश दाहाल उत्कृष्ट गीतकार घोषित भए ।
भर्सटायल संगीतकार शंकर थापा ‘स्माइल’ले गीतकार डीपी खनालको शब्दरचनामा रहेको ‘खै कसले सुनिदिने मेरो गीतको चित्कार’ बोलको गीतबाट सङ्गीततर्फ प्रथम भएका हुन् । आजभन्दा आठबर्ष अघि अर्थात् २०६९ सालको प्रतियोगितामा उनी गायनतर्फ प्रथम भएका थिए ।

त्यसैगरी रमेश दाहालको रचनामा सङ्गीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जना गुरागाईंको स्वरमा प्रस्तुत भएको थियो । रमेश दाहालको रचनामा ‘बाटा भरिका तगारा’ बोलको गीत रचना उत्कृष्ट बन्न सफल भएको थियो । रमेश दाहाल ०६६ सालमै पहिलो पटक ‘पूर्वको बादल जल्यो’ बोलकोगीतका लागि उत्कृष्ट स्थान प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा गायन तर्फ शुभाश मण्डल प्रथम भएका छन् ।
नारायण गोपाल, भक्तराज आचार्य, दिप श्रेष्ठदेखिरामकृष्ण ढकाल, अन्जु पन्त, शिब परियारलगायत हिजो र आजका प्रसिध्द सङ्गीतकर्मीहरुले यस्तै प्रतियोगिताबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए ।

रेडियो नेपालले ०२२ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा उत्कृष्ट हुने कलाकारले नेपाली गीत( संगीतमा उल्लेख्य नाम आर्जन गर्न सक्छन् भन्ने देखाउछ । यो अवार्डले नेपाली संगीतकर्मीको मनोबल उच्च बनाउने कसिकोसमेत काम गर्ने संगीतकर्मीहरु बताउछन् । प्रतियोगितामा संगीततर्फ तारा थापा, गायन तर्फ प्रकाश गुरुङ रगीतलेखन तर्फ सुबाश चन्द्र ढुंगेलसहितको निर्णायक समितिले निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु